News Category 2075/08/05
नव नियुक्त खेलकुदका कार्यालय प्रमुखलाई सम्मान तथा शुभकामना
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
जिल्ला खेलुकुद विकास समिति सप्तरीका नव नियुक्त कार्यालय प्रमुख दिनेश भुजेललाई बुधबार कार्यालयमा सम्मान गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आयोजित एक समारोहविच उनलाई विभिन्न खेलसँग सम्वद्ध संघसंस्थाका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा कर्मचारीले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएर सम्मान गरे ।
भारत्तोलनका प्रशिक्षक रहेका भुजेललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार कार्यालय प्रमुखको जिम्मेवारी समेत दिईएको हो ।
सो अवसरमा बोल्दै नवनियुक्त प्रमुख भुजलले समितिको ब्यवस्थापन चुस्त दुरुस्त वनाउनुका साथै जिल्लामा खेलकुद गतिविधि तिव्र वनाउने र खेल क्षेत्रको विकासका लागि विभिन्न नीति वनाएर अघि वढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र वर्मा, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझी, पत्रकार मनोहर पोखरेल, कराँते प्रशिक्षक विजयमान सिंह थापा, संजय परियार, संजय जोशी, उमेश गुरुङ्ग, फुटवलका प्रशिक्षक राजकुमार परियार, प्रकाश मल्ल, रमेश श्रेष्ठ, कवड्डिका प्रशिक्षक उमेश प्रधान, एथलेटिक्स संघका अध्यक्ष देवकान्त चौधरी, भलिवलका अध्यक्ष विरेन्द्र यादव लगायतले शुभकामना दिएका थिए ।
शुभकामना दिँदै वक्ताहरुले विगतमा खेलकुदको क्षेत्रमा अब्बल रहेको सप्तरी जिल्ला पछिल्लो समय पछाडी परेकाले यसलाई सकृय भई अघि वढाउन सुझाव समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ