News Category 2075/08/05
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
मधेश आन्दोलनका शहिद नागेश्वर यादबको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरि तेस्रो स्मृति सभा मनाइएको छ ।
सप्तरीको रूपनी गाँउपालिका वडा नं. ४ स्थित छपकी टोलमा नागेश्वरको सम्झनामा स्मृति सभाको आयोजना गरिएको हो ।
सो अवसरमा प्रदेश २ का सांसद मनिष कुमार सुमनले सहिद नागेश्वर यादबको समाधी स्थलमा फुलमाला लगाई श्रद्वाञ्जली अर्पण गरे ।
राजपा पार्टीका महासचिव समेत रहेका सुमनले २०७२ सालको संविधानलाई समाबेसी बनाउनु पर्ने भन्दै मधेशवादी दलले राजमार्ग भरौ, शान्ति पुर्ण आन्दोलनमा प्रहरीले ज्यादती गरि नागेश्वरलाई नियोचित ढंगले गोली हानी हत्या गरेको आरोप लगाउँदै शहिद नागेश्वरको मार्गलाई कहिले बिर्सन नसकिने बताए । उनको मार्गदर्शनमा कारण अहिले पनि मधेश संघर्षरत रहेको बताउदै सांसद सुमनले चाडै नै मधेशले मुक्ती पाउने बिश्वास ब्यक्त गरे ।
सो अवसरमा राजपा सहमहासचिव गजेन्द्र कुमार मण्डलले सहिदको सपना सकार गर्न राजपा पूर्ण रूपले प्रतिबद्धता रहेको बताउँदै राजपा पार्टीले सम्पुर्ण सहिदको शालिक बनाउने र उनका परिवारलाई रोजगारको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, राजपा केन्द्रीय सदस्य बिन्देश्वर साह, केन्द्रिय सदस्य तथा युवा नेता दिनेश यादब, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी साफी, राजपा सप्तरी अध्यक्ष मण्डल सदस्य सुनिल कुमार झा, रूपनी गाँउपालिका वडा ४ का अध्यक्ष छेदी ईसर, सहिद नागेश्वरका दाई जुगेश्वर यादब, स्थानिय नेता तेज नारायण यादब, लालबहादुर महतो लगायतको उपस्थिति रहेको थियो ।
मधेश आन्दोलनका क्रममा २०७२ मंसिर ५ गतेका दिन रूपनीमा प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा नागेश्वर यादबलाई गोली लागी मृत्यु भएको थियो । रुपनी गाउँपालिकाले सहिद नागेश्वरकी पत्नी सुष्मा यादबलाई गाँउपालिकाको कार्यलयमा सामाजिक परिचालकको रूपमा रोजगारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ