News Category 2075/08/06
नीति अनुसार काम हुन नसक्दा मुलुकको विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
दैनिक समाचारदाता
जनकपुर, ६ मंसिर ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नीति अनुसार विकास निर्माणको काम हुन नसक्दा मुलुकको विकास अन्यौलमा परेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको दीगो विकास लक्ष्य मैत्री योजना र बजेट एवं अनुगमन तथा मूल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको समापनमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकको विकासको नीति उत्कृष्ट भएपनि कार्यान्वयन गर्ने व्यक्ति इमान्दार हुन नसक्दा विकास अन्यौलमा परेको बताए ।
राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नहुने बताउँदै उनले कर्मचारी स्थायी सरकार रहेकोले कर्मचारीले मात्रै देश समृद्ध बनाउन सकिने धारणा राखे ।
हाजिरी गरेर तलब थाप्ने मनस्थितिले विकास सम्भव नरहेको बताउँदै मुख्यमन्त्री राउतले मानसिकतामा सुधार नभए ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार नहुने समेत स्पष्ट पारे ।
योजना अनुसार काम नहुँदा विकास निर्माण कार्यले गति नलिएको भन्दै उनले जनतालाई विकासको अनुभूति गराउन सबैले आप्mनो स्थानबाट इमान्दार बन्न सुझाव दिए ।
मंगलबारदेखि सुरु भएको तीन दिने कार्यशाला गोष्ठीको समापन समारोहमा प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा र राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ