News Category 2075/08/08

तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द (नामावली र भिडियोसहित सहित)

दैनिक समाचारदाता

तिर्थयात्रु बोकेको बस दुर्घटना पाँचको मृत्यु, ४८ घाइते, शोकमा आइतबार सबै स्थानिय तह बन्द  (नामावली र भिडियोसहित सहित)

https://youtu.be/p1ecNgU_vL4

नवीन कुमार गुप्ता
राजविराज, ८ मंसिर ।
    सप्तरीको भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती तिर्थयात्री बोकेको यात्रुवाहक वस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।


    धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर सप्तरीको डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै गर्दा बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुब्दा बसमा सवार डाकनेश्वरी ११ की ६० वर्षिया वेचनीदेवी यादव, ६५ वर्षिया ठकनीदेवी यादव, ७० वर्षिया सिकिलदेवी साह तथा दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको प्रहरी उपक्षिक राजेन्द्र विष्टले जानकारी दिएका छन् । 


    सो दुर्घटनामा घाइते भएका मध्येबाट थप उपचारको लागि ११ जना लाई बि.पी. कोईराला बिज्ञान प्रतिष्ठान अस्पताल धरान, २ जनालाई बिराटनगर न्युरो र १ जना लाई नोबेल अस्पताल बिराटनगर पठाईएको छ भने ३४ जनाको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    क्षमता भन्दा कढी ६० जना यात्रु बोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्स नामक बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।
    पोखीमा बस डुबेपछि घाइतेहरुलाई जेसिवीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासिन्दाको सहयोगमा उद्वार गरेका थिए । 


यसैबीच तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएपछि शोक मनाउन आइतबार जिल्लाका सबै स्थानिय निकाय बन्द गर्ने निर्णय गरिएको छ । 
    शनिबार जिल्ला समनवय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेको सबै १८ वटै स्थानिय तहका प्रमुख÷उपप्रमुखहरुको बैठकले शोक मनाउन आइतबार स्थानिय निकाय बन्द गर्ने निर्णय गरेको हो । 


    यस्तै शनिबारै डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहको अध्यक्षतामा बसेको बैठकले मृतक परिवारलाई काजकिरिया खर्च वापत जनही २५÷२५ हजारको दरले सहयोग गर्ने निर्णय गरिएको छ । बैकठले दुर्घटनामा परि घाइते भएकाहरुको उपचार खर्चमा पनि नरपालिकाको आयश्रोतले भ्याएसम्म सहयोग गर्ने निर्णय गरेको छ । 


    यसअघि गम्भिर घाइतेहरुको बाहिर लैजानका लागि शुक्रबार राती जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले ४१ हजार तथा अन्यहरुबाट संकलन ४ हजार गरि ४५ हजार रकम उपचारका लागि प्रदान गरेका थिए । 


    स्मरणरहोस् घटनामा मृत्यु भएका सबै पाँचै जना डाकनेश्वरी नगरपालिका बासिन्दा हुन् । 
घाइतेहरुको विवरण र उपचार भइरहेको अस्पतालको नाम
धरान घोपामा घाईतेहरु उपचार्थ 
१.    जि.सप्तरी डाक्नेश्वरी न.पा.१ बस्ने प्रनिता यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
२.    जि.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने बर्ष ४०कि इन कुमारी देवी पण्डित थप उपचारको लागी धरान घोपा पठाईएको ।
३.    जि.सप्तरी डाक्नेश्वरी न.पा.२ बस्ने बर्ष ५५ को वेचन यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
४.    जि.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने बर्ष ३८ कि ठकनि देवी यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
५.    जजि.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने वर्ष ७० कि भोलबी देवी यादव थप उपचारको लागी धरान घोपा पठाईएको ।
६.    ऐ.ऐ. २ बस्ने ऐ.ऐ.बस्ने वर्ष ६५ कि अरुहुल देवी यादव थप उपचारको लागि धरान घोपा पठाईएको ।
७.    ऐ.ऐ. बस्ने वर्ष १०की अन्जनी कुमारी यादव थप उपचारको लागि धरान घोपा पठाईएको
८.    ऐ.ऐ. बस्ने वर्ष ७० को राम उदगार यादव थप उपचारको लागि धरान घोपा पठाईएको।
९.    ऐ.ऐ. बस्ने वर्ष ६५ कि रेवनीदेवी यादव थप उपचारको लागि धरान घोपा पठाईएको ।
१०.     ऐ.ऐ. बस्ने वर्ष ६५ कि गेनावती यादव थप उपचारको लागि धरान घोपा पठाईएको।
११.     ऐ.ऐ. बस्ने चाँदनी कुमारी यादव थप उपचारको लागि धरान घोपा पठाईएको।
बिराटनगर स्थित न्युरो र नोवेल अस्पतालमा उपचारर्थ
१.    जि.सप्तरी डाक्नेश्वरी न.पा. बस्ने सकुनिया देवी पण्डित थप उपचारको लागी धरान घोपा पठाईएको । (न्युरो अस्पताल बिराटनगर) 
२.    जि.सप्तरी डाक्नेश्वरी न.पा. ४बस्ने बर्ष ११ कि अर्चना कुमारी यादव । (नोवेल अस्पताल बिराटनगर)
३.    जि.सप्तरी डाक्नेश्वरी न.पा.बस्ने चन्द्र कुमार यादव  । (न्युरो अस्पताल बिराटनगर)
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चाल अस्पताल राजबिराजमा उपचार्थ 
१.    जि.सप्तरी डाक्नेश्वरी न.पा.४ बस्ने बर्ष ७९ को मुसहरु यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
२.     ऐ.ऐ.५ बस्ने बर्ष ३५ कि सरस्वती देवि मण्डल सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
३.     ऐ.ऐ.५ बस्ने बर्ष ३५ कि देवसुनैर यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
४.    ऐ.ऐ.५ बस्ने बर्ष ८० को चन्देश्वर यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
५.    ऐ.ऐ.४ बस्ने बर्ष ५० कि सुरजि देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
६.    ऐ.ऐ.४ बस्ने बर्ष ४५ कि रामशिला देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
७.    ऐ.ऐ.४ बस्ने बर्ष १० कि प्रिंयका यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
८.    ऐ.ऐ.४ बस्ने बर्ष ७० कि बिषनु देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
९.    ऐ.ऐ.४ बस्ने बर्ष ६० कि रामसुनैर देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१०.    ऐ.ऐ.बस्ने बर्ष ५५ कि कैली देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
११.    ऐ.ऐ. बस्ने बर्ष ५५ कि देवकी देवि पण्डित सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१२.    ऐ.ऐ.बस्ने बर्ष ५५ कि मुरती देवि यादव सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१३.    ऐ.ऐ.बस्ने बर्ष ४५ कि अनारी देवी पण्डित सगरमाथा अञ्चाल अस्पताल राजबिराज मा उपचार भईरहेको ।
१४.    ऐ.ऐ. ५ बस्ने वर्ष ४० कि समुन्द्रा देवी पण्डित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
१५.    ऐ.ऐ. ४ बस्ने वर्ष ५०कि कपुर रजक सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
१६.    ऐ.ऐ. ५ बस्ने वर्ष ४०कि तारा देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
१७.    ऐ.ऐ. ५ बस्ने वर्ष ६० कि अनुरागी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
१८.    ऐ.ऐ. बस्ने वर्ष ६० कि सिता देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
१९.    ऐ.ऐ. डाक्नेश्वरी न.पा. बस्ने बर्ष ६० कि अन्जला देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२०.    ऐ.ऐ. बस्ने धिरज कुमार यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२१.    ऐ.ऐ. बस्ने वर्ष ६० को राज कुमार यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२२.    ऐ.ऐ. बस्ने वर्ष ५५ कि अमेरिका देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२३.    ऐ.ऐ. बस्ने वर्ष ४० कि अनुहुत देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२४.     ऐ.ऐ. बस्ने बर्ष ३७ को  भुवनेश्वर यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२५.    ऐ.ऐ. बस्ने प्रमेश्वर पण्डित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको । 
२६.    ऐ.ऐ. बस्ने बर्ष ५० कि चतुर देवी पण्डित  सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२७.    ऐ.ऐ. बस्ने बर्ष ७० को मुसहरु रजक सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२८.    ऐ.ऐ. बस्ने बर्ष ६० कि आचलन देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
२९.    ऐ.ऐ. बस्ने ओम प्रकाश यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
३०.    ऐ.ऐ. बस्ने बर्ष ६५ को किसुन देव ठाकुर सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
३१.    ऐ.ऐ. बस्ने बर्ष ६० लक्ष्मिनियाँ देवी ठाकुर सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
३२.    ऐ.ऐ. बस्ने बर्ष ३५ फकनी देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
३३.    ऐ.ऐ. बस्ने बर्ष ५० कि सुमिन्द्रा देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
३४.    ऐ.ऐ. बस्ने बर्ष ५५ कि जहारी देवी यादव सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको ।
 

प्रतिकृया दिनुहोस