News Category 2075/08/09

मृतक परिवार तथा घाइतेलाई सहयोग जारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर । 
    बस दुर्घटनामा ज्यान गुमाएका परिवार तथा घाइतेहरुलाई आर्थिक सहयोग प्रदान गर्ने क्रम जारि रहेको छ । 
    यसैबीच आइतबार बस दुर्घटनामा परि घाइतेहरुको उपचारका लागि राजपा नेपाल डाकनेशवरी नागरपालिकाका संयोजक ओमप्रकाश यादव र सो नगरपालिकाकी उपप्रमुख इन्दु देबी यादबले संयुक्त रुपमा एक लाख ५० हजार सहयोग प्रदान गरेका छन् । 
    यसअघि शनिबार प्रदेश २ सरकारबाट मृतक प्रति परिवारलाई १÷१ लाख र डाक्नेश्वरी नगरपालिकाबाट २५÷२५ हजारका दरले राहत उपलब्ध गराएको थियो भने प्रतिनिधि सभा सदस्य रानी मण्डलबाट ५÷५ हजारका दरले मृतक परिवारलाई राहत प्रदान गरिएको थियो । 

प्रतिकृया दिनुहोस