News Category 2075/08/11

सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा

दैनिक समाचारदाता

सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
    सप्तरीको सुरुङ्गा नगरपालिकाको पाँच वटा वडालाई एकै दिन मंगलबार बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।
    सुरुङ्गा नगरपालिकाका प्रमख मुक्तीनाथ चौधरीको अध्यक्षतामा आयोजित बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं. २, ४, ६, ७ र ८ वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो । 
    सवल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित संगमको सहयोगमा सुरुङ्गा नगरपालिकास्थित राप्रावि कदमहामा आयोजित घोषणा समारोहको प्रमुख अतिथि प्रदेश सभासद् गोबिन्द न्यौपाने रहेका थिए ।  
    आयोजित कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली काँग्रेसका नेता राम कुमार, सेभ द चिल्डे«नका कार्यक्रम संयोजक रचना थापा, सवल नेपालका फिल्ड अधिकृत राधेश्यम राम, उपाध्यक्ष भुपेन्द्र साह, सुरुङ्गा नगरपालिकाका वडा नंं. ६ का लिलाकान्त चौधरी, ७ का देवेन्दै चौधरी, ८ का वडा अध्यक्ष इन्दै देव चौधरी, प्रशासकिय अधिकृत राज कुमार दाससहितकाले शुभकामना ब्यक्त गरे ।  
    सो कार्यक्रममा प्रमख अतिथि, अतिथि र बिशिष्ट अतिथि र अतिथिहरुलाई सम्मान र प्रमाण पत्र बितरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट