News Category 2075/08/12
हतियारसहित एक महिला पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिका ३ स्थित घौसी महुलियाबाट हतियारसहित एक महिला बुधबार पक्राउ परेकी छिन् ।
सिरहाको लहान नगरपालिका ८ बस्ने ३० वर्षीया गिता मुसहरलाई मेडइन युएस लेखेको सानो एक थान पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने ३ थान खोका र एउटा खुकुरीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
लहान नगरपालिका ५ नयाँ बजारमा बस्ने रानीकुमारी सेखको घरमा काम गर्दै आएकी गिताले नगद ४ लाख ३० हजार तथा सुनको गहना समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ ।
सोही चोरीको आरोपमा खोजी गर्ने क्रममा उनी हतियार सहित फेला परेको प्रहरी नायब उपरिक्षक रिमालले बताउँदै पक्राउ परेका गितालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखि अनुसन्धान थालिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ