News Category 2075/08/14
वाँसको सुरक्षित आवास कार्यक्रम समुदायमा लोकप्रिय हुँदै
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सुरक्षित वाँसको आवास निर्माण कार्यक्रम सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको असाहय र विपन्न वर्गमा अहिले लोकप्रिय हुँदै गएको छ ।
ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलको सहयोग र महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा वाँसको आवास निर्माण गर्ने कार्य समुदायका अति विपन्न वर्गका लागि निर्माण गरिने गरिन्छ ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंकालिनि हनुमाननगर नगरपालिकाको रम्पुरा मल्हिनिया, कंचनरुप नगरपालिका, सप्तरी नगरपालिका र शमभुनाथ नगरपालिका झण्डै २ सय विपन्न परिवारलाई वाँसको प्रयोग गरि आवास निर्माण गरिएको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिव एवं निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।
यस्तै वाँसको प्रयोग गरी बनाइएको घर हावाहुरीबाट समेत सुरक्षित रहन सकिने र भुकम्प आएको बेला सामान्य हल्लिए पनि घर ढलेमा मानविय क्षतिको सम्भावना न्यून रहने ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलका पूर्वाञ्चल प्रमुख सन्दिप पौडेलले जानकारी दिए ।
उनले वाँसवाट निर्मित सुरक्षित आवासलाई सुरक्षित, वलियो र टिकाउ वनाउन वाँस प्रशोधन केन्द्र संस्थापना र प्रविधिक तालिम समेत संचालन गरेको जानकारी दिए ।
यता स्थानीय श्रोतसाधनको उपयोगमा प्राकृतीक प्रकोप र विपत्तवाट समेत सुरक्षित रहन सकिने वाँसको प्रयोग गरी वनाइएको घर निर्माण तर्फ स्थानीयवासी आर्कषित भएका छन । कम लगानीमा भुकम्प प्रतिरोधात्मक, बाढीको प्रकोपबाट सुरक्षित तथा आगलागिबाट समेत चाडै क्षति नहुने उद्देश्यले घर निर्माण गरिएको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ६ का रमा परियारले वताईन ।
श्रीमान गुमाएकी परियार होटलमा काम गरेर जिविकोपार्जन गरिरहेकी छिन् । आर्थिक अवस्था कमजोर रहेकोले संस्थाले ३ लाखको लागतमा सुरक्षित आवास वनाई दिएपछी जिविकापार्जन सहज भएको परियार वताउछिन ।
यस्तै सोही गाउँपालिका वडा नं. ६ निवासी किशोर चौधरीले समेत वाँसको आवास निर्माण गरिएको देखेपछि उनले पनि ६ लाख लागतमा अत्याधुनिक वाँसकै घर निर्माण गरेका छन् ।
सोही गाउँपालिका वडा नं. ५ की फुदनी देवी सदाले संस्थाको सहयोगमा सुरक्षित र सुविधा सम्पन्न घर पाएको भन्दै खुशी व्याक्त गरिन । महुली सामुदायिक विकास केन्द्रका निर्देशक चौधरीले गरिव, विपन्न र असाहायको लागि थोरै खर्चमा सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले संचालित कार्यक्रम समुदायको लागि उपयोगी भएको दाबी गरे ।
गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले काठको विकल्पको रुपमा वाँसको प्रयोगले वन व्यावस्थापन हुनुको साथै स्थानीय उत्पादनको सदउपयोग हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले संस्थासँगको सहकार्यमा गाउँपालिकाका विपन्न परिवारका लागि चाडै नै वाँसको आवास निर्माण गर्ने तर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वाँसको माँग वढ्दै गएकोले संस्थाले वाँसको वीउ र वृक्षा रोपन गरेको छ । ह्यावीटेट फर ह्युमानिटी ईन्टरनेशनल र महुली समुदायिक विकास केन्द्रको साझेदारीमा अग्नीसाईर कृणासवरन गाउँपालिकाको विभिन्न वडामा संचालित योजना र सुरक्षित आवासको विहिवार साझदारी संस्थाका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीहरु र पत्रकारहरुको संयुक्त टोलीले अनुगमन समेत गरेको छ ।
वाँसवाट निर्मित सुरक्षित आवासप्रति जनआर्कषण वढ्दै गएको जानकारी दिदै महुली सामुदायिक विकास केन्द्रका लिला प्रसाद निरौलाले विपतको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गरिव, असाहाय र विपन्नलाई लक्षित गरी गाउँपालिकाको सहकार्यमा आव २०७५÷०७६ मा ५० परिवारका लागि वाँसका घर निर्माण गर्ने योजना रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ