News Category 2075/08/14
वाँसको सुरक्षित आवास कार्यक्रम समुदायमा लोकप्रिय हुँदै
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सुरक्षित वाँसको आवास निर्माण कार्यक्रम सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको असाहय र विपन्न वर्गमा अहिले लोकप्रिय हुँदै गएको छ ।
ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलको सहयोग र महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा वाँसको आवास निर्माण गर्ने कार्य समुदायका अति विपन्न वर्गका लागि निर्माण गरिने गरिन्छ ।
जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंकालिनि हनुमाननगर नगरपालिकाको रम्पुरा मल्हिनिया, कंचनरुप नगरपालिका, सप्तरी नगरपालिका र शमभुनाथ नगरपालिका झण्डै २ सय विपन्न परिवारलाई वाँसको प्रयोग गरि आवास निर्माण गरिएको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिव एवं निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।
यस्तै वाँसको प्रयोग गरी बनाइएको घर हावाहुरीबाट समेत सुरक्षित रहन सकिने र भुकम्प आएको बेला सामान्य हल्लिए पनि घर ढलेमा मानविय क्षतिको सम्भावना न्यून रहने ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलका पूर्वाञ्चल प्रमुख सन्दिप पौडेलले जानकारी दिए ।
उनले वाँसवाट निर्मित सुरक्षित आवासलाई सुरक्षित, वलियो र टिकाउ वनाउन वाँस प्रशोधन केन्द्र संस्थापना र प्रविधिक तालिम समेत संचालन गरेको जानकारी दिए ।
यता स्थानीय श्रोतसाधनको उपयोगमा प्राकृतीक प्रकोप र विपत्तवाट समेत सुरक्षित रहन सकिने वाँसको प्रयोग गरी वनाइएको घर निर्माण तर्फ स्थानीयवासी आर्कषित भएका छन । कम लगानीमा भुकम्प प्रतिरोधात्मक, बाढीको प्रकोपबाट सुरक्षित तथा आगलागिबाट समेत चाडै क्षति नहुने उद्देश्यले घर निर्माण गरिएको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं. ६ का रमा परियारले वताईन ।
श्रीमान गुमाएकी परियार होटलमा काम गरेर जिविकोपार्जन गरिरहेकी छिन् । आर्थिक अवस्था कमजोर रहेकोले संस्थाले ३ लाखको लागतमा सुरक्षित आवास वनाई दिएपछी जिविकापार्जन सहज भएको परियार वताउछिन ।
यस्तै सोही गाउँपालिका वडा नं. ६ निवासी किशोर चौधरीले समेत वाँसको आवास निर्माण गरिएको देखेपछि उनले पनि ६ लाख लागतमा अत्याधुनिक वाँसकै घर निर्माण गरेका छन् ।
सोही गाउँपालिका वडा नं. ५ की फुदनी देवी सदाले संस्थाको सहयोगमा सुरक्षित र सुविधा सम्पन्न घर पाएको भन्दै खुशी व्याक्त गरिन । महुली सामुदायिक विकास केन्द्रका निर्देशक चौधरीले गरिव, विपन्न र असाहायको लागि थोरै खर्चमा सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले संचालित कार्यक्रम समुदायको लागि उपयोगी भएको दाबी गरे ।
गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले काठको विकल्पको रुपमा वाँसको प्रयोगले वन व्यावस्थापन हुनुको साथै स्थानीय उत्पादनको सदउपयोग हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले संस्थासँगको सहकार्यमा गाउँपालिकाका विपन्न परिवारका लागि चाडै नै वाँसको आवास निर्माण गर्ने तर्फ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै वाँसको माँग वढ्दै गएकोले संस्थाले वाँसको वीउ र वृक्षा रोपन गरेको छ । ह्यावीटेट फर ह्युमानिटी ईन्टरनेशनल र महुली समुदायिक विकास केन्द्रको साझेदारीमा अग्नीसाईर कृणासवरन गाउँपालिकाको विभिन्न वडामा संचालित योजना र सुरक्षित आवासको विहिवार साझदारी संस्थाका पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधीहरु र पत्रकारहरुको संयुक्त टोलीले अनुगमन समेत गरेको छ ।
वाँसवाट निर्मित सुरक्षित आवासप्रति जनआर्कषण वढ्दै गएको जानकारी दिदै महुली सामुदायिक विकास केन्द्रका लिला प्रसाद निरौलाले विपतको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले गरिव, असाहाय र विपन्नलाई लक्षित गरी गाउँपालिकाको सहकार्यमा आव २०७५÷०७६ मा ५० परिवारका लागि वाँसका घर निर्माण गर्ने योजना रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ