News Category 2075/08/14

दुर्घटनामा आमाको मृत्यु, १४ महिने छोरी घाइते 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
    सप्तरीको रुपनी गाउँपालिका १ स्थित सडकखण्डमा म्याजिकको ठक्करबाट गम्भिर घाइते भएकी एक महिलाको बिहीबार राति मृत्यु भएको छ ।
    राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नं. को म्याजिकले पैदलयात्री स्थानीयवासी  ३८ वर्षीया प्रमिलादेवी पासवान र उनको साथमा रहेकी १४ महिने छोरी परवती कुमारी पासवानलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।
    ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट