News Category 2075/08/14
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शुक्रवारदेखि पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालन सम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु गरेको छ ।
सो गाउँपालिकाले जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई घर घरमै स्वास्थ्यकर्मीको टोली पठाई निःशुल्क घरदैलो स्वास्थ्य उपचार अभियान थालेको एक साता नबित्दै अर्को अभियान सुरु गरेको हो ।
शुक्रबार गाउँपालिकाको वडा नं. २ लौनियाबाट सो घरदैलो अभियानको सुरुवात गरिएको हो । पशुमा देखिने विभिन्न खाले रोगको उपचार, नियन्त्रण, उत्पादनमा वृद्धि र पशुपालकको अनावश्यक खर्च जोगाउने उद्देश्यले निःशुल्क घर दैलो अभियान थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।
पशुमा देखिने विभिन्न रोगका कारण पशुपालकलाई उपचार खर्च धान्न धौँ–धौँ पर्नुका साथै पशुपालकको उत्पादन र आयमा समेत हस आउन थालेपछि समस्या निराकरण र पशु उत्पादन वृद्धिका लागि निःशुल्क पशु स्वास्थ्य परिक्षण र उपचार सम्बन्धि घरदैलो अभियान थालिएको अध्यक्ष सिंहको भनाई छ ।
अभियानबाट लाभ लिन र पशुपालनलाई व्यावसायिक रुपमा अघि बढाउन आग्रह गर्दै उनले पशु पालनलाई परम्परागत रुपमा नभएर नयाँ ढंगले र व्यवसायिक रुपमा अघि बढाउनु पर्नेमा जोड समेत दिए । उनले घरदैलो अभियान अन्तर्गत पशुको चेकजाँच र औषधी पनि निःशुल्क उपलब्ध गराईने जानकारी दिए ।
वडा अध्यक्ष खगेन्द्र मण्डलको अध्यक्षतामा आयोजित अभियान उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद दुलारी देवी खंग, प्रध्यापक प्रदिप कुमार मण्डल, वरिष्ठ पशुरोग विषेज्ञ डा. दिपक कुमार सिंह, स्वास्थ्य संयोजक शैलेश मिश्र लगायतले पनि बोल्दै पशुपालन व्यवसायमा लागेकाहरुका लागि अभियान निकै फलदायी हुने विश्वास व्यक्त गरे ।
वडा २ बाट शुरु भएको अभियान क्रमिक रुपमा गाउँपालिकाका सबै ८ वटै वडामा संचालन हुने तथा घरदैलो अभियानमा वरिष्ठ पशुरोग विशेषज्ञ डा. दिपक कुमार सिंह, डा. राहुल प्रताप सिंह, डा. मृग्रेन्द्र सिंह सहितको १५ सदस्यीय टोलीले स्वास्थ्य तथा अन्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा समाज उत्थान, शिक्षा, स्वास्थ, कृषि लगायतका क्षेत्रमा योगदान पु¥याए वापत आधा दर्जन संचारकर्मीसहित विभिन्न व्यक्तित्वहरुलाई गाउँपालिकाले सम्मान गरेको थियो ।
यसअघि सो गाउँपालिकाले जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी गत ७ मंसिरदेखि निःशुल्क स्वास्थ उपचार घरदैलो अभियान संचालन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ