News Category 2075/08/16
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
राजविराज÷प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका अनिवार्य हुने बताएका छन् ।
जन ज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराज ९ मलेठको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सामाजिक रुपान्तरमा समेत सहकारीको भूमिका अहम रहेको जिकिर गरे ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले सहकारी क्षेत्र राज्यद्वारा उपेक्षित रहेको आरोप लगाउँदै सहकारी क्षेत्रमा केन्द्रिय सरकारको कर लगाउने नीति त्रृटीपूर्ण समेत रहेको जिकिर गरे ।
साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले मंसिर महिना भित्रै प्रदेश सरकारले सहकारी मैत्री ऐन ल्याउन लागेको भन्दै सो ऐन आउने बित्तिकै प्रदेश २ को सहकारी क्षेत्रमा क्रान्ति आउने विश्वास व्यक्त गरे ।
मन्त्री साहले सहकारी संस्थाहरुको प्रयासका कारण जिल्लामा परिवर्तन समेत भइरहेको भन्दै सहकारी संस्थाहरुको वर्गिकरण गरेर संस्थाहरुको स्तरोन्नती गर्नु पर्ने सुझाव समेत दिए ।
एक अर्को प्रसङ्ग उनले जनता कृषिमा आत्मनिर्भर नभएसम्म प्रदेशको विकास सम्भव नहुने बताए । नेपाल कृषि प्रधान देश हो भन्ने भनाईलाई साकार पार्न प्रदेश २ का जनताले कृषिलाई नै आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने बताउँदै यसका लागि प्रदेश सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कृषि क्षेत्रमा बढी सम्भावना रहेको प्रदेश २ मा आधुनिक ढंगले कृषि गर्न तर्फ ध्यान दिनु पर्ने सुझाव दिँदै मन्त्री साहले बैदेशिक रोजगारमा जानु भन्दा राम्रो कृषिलाई नै आत्मसाथ गरे विदेश भन्दा राम्रो आम्दानीको श्रोत कृषि हुने दाबी गरे ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजिक कार्यक्रममा पूर्वसभासद् अशोक मण्डल, राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, राजविराज वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादव, संस्थाका वरिष्ठ सदस्य हरेकृष्ण प्रसाद सिंह, राजपा नेपालका केन्द्रिय सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला नेता तथा संस्थाका सदस्य सुनिल कुमार झा, वरिष्ठ पत्रकार अनिल कुमार अनल, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु खड्का लगायतका वक्ताहरुले वर्तमान अवस्थामा सहकारी संस्थाको विकास र योगदान बारे चर्चा गरेका थिए ।
यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले मन्त्री शैलेन्द्र प्रसाद साह, बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारी, वडा अध्यक्ष लगायतलाई मायाको चिनो प्रदान गरेका थिए ।
उद्घोषकर्ता एवं कलाकार जिवछ दासले कार्यक्रममा हास्य व्यंग तथा सांगितिक टोलीले गित गाएर मनोरन्जन समेत गराए थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ