News Category 2075/08/16
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउँपालिकास्थित निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको विषयमा आइतबार सो सडकखण्ड स्थानियवासीले अवरोध गरेका छन् ।
राजगढ गाउँपालिका वडा नं. ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं. ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो ।
दुर्घटना पश्चात् गम्भिर घाइते भएका मण्डलकको उपचारका क्रममा बिराटनगरस्थित नोभेल अस्पताल शनिबार राती मृत्यु भएको स्थानियवासीले जनाएका छन् ।
पुल निर्माणमा सम्बन्धित ठेकेदारले लापरवाही गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै स्थानियवासीले सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन गरेका छन् ।
यता सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति रोशन मण्डलको खुट्टा भाचिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ