News Category 2075/08/16
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक सूमहबाट अधिवक्ता रामानन्द साह र प्रगतिशिल समूहबाट अधिवक्ता पूण्यप्रसाद यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
१३ सदस्यीय कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा दुबै समूह गरी २५ जनाले उम्मेदवारी दिएका छन् भने ११ सदस्यीय केन्द्रिय पार्षदका लागि २० जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले आइतबार दुबै समूहका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावली अनुसार प्रगतिशिल समूहबाट महिला सदस्यमा पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएको उल्लेख छ ।
निर्वाचनका लागि लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा पार्वती कुमारी जोशी थारु, सचिवमा धिरेन्द्र कुमार यादव र कोषाध्यक्षमा उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्यहरुमा रामप्रकाश साह, सुरेन्द्र प्रसाद यादव, शंकर प्रसाद राय, कृषचन्द्र यादव, भवेश गौतम, मिथिलेशचन्द्र लाभ, जयप्रकाश साफी, लक्ष्मण कुमार ठाकुरले उम्मेदवारी दिएका छन् ।
यसैगरि प्रगतिशिल समूहबाट उपाध्यक्षमा श्याम कुमार पोखरेल, सचिवमा मनोज देव र कोषाध्यक्षमा अजय कुमार चौधरीले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा रामप्रसाद यादव, सत्रुहन प्रसाद यादव, पंचदेव यादव, रामनारायण चौधरी, राजकुमार टरैत, प्रेम कुमार आले, शत्रुधन प्रसाद गुप्ता, बालकृष्ण कार्की उम्मेदवार बनेका छन् ।
त्यस्तै केन्द्रिय पार्षदहरुमा दुबै समूहबाट अनिल कुमार झा, सुभाष चन्द्र यादव, प्रदिप कुमार मण्डल, रन्धिर कुमार कर्ण, हेम कुमार मिश्रा, डा. चिरन्जिविलाल देव, रामचन्द्र मण्डल, ललितेश्वर प्रसाद गुप्ता, राजकुमार साह, बालकृष्ण ढुंगाना, देवनारायण चौधरी, दयानन्द गोइत, सन्तोष कुमार चमन, सुरेन्द्र प्रसाद साह, देव नारायण मण्डल, मनोहर पोखरेल, विश्वनाथ देव, देवकुमार गोइत, बलबिर चौधरी बैश्य र उदयचन्द्र जैनको उम्मेदवारी परेको छ ।
कुल २ सय १४ मतदाता रहेको राजविराज उच्च अदालत बार एशोसिएशनको मंसिर २२ गते निर्वाचन हुन गइरहेको उच्च अदालत बार एशोसिएशन निर्वाचन समिति संयोजक डा. रामखेलावन यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ