News Category 2075/08/18

माछा मार्न गएका युवकको डुबेर मृत्यु 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
    सप्तरीको डाकनेश्वरी नगरपालिका–३ स्थित पश्चिमी नहरमा माछा मार्ग गएका एक युवकको डुबेर मृत्यु भएको छ । 
    घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 
    नहरको पुलमुनि माछा मार्ने क्रममा उनी डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  । 

प्रतिकृया दिनुहोस