News Category 2075/08/18
मधेशवादी दलका उम्मेदबारलाई जिताउन सहयोग गरेकाले पार्टीले हार व्यहो¥यो ः नेता यादव
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाली काँग्रेस निकट दलित संघले सोमबार मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी दिनमा फोरम र राजपालाई जनताले उखालेर फ्याँल्ने बताएका छन् ।
नेता यादवले निर्वाचनमा आफ्ना उम्मेदबारलाई पछि हटाएर मधेशवादी दलका उम्मेदबारलाई जिताउन सहयोग गरेकाले पार्टीले हार व्यहोरेको बताए । उनले सप्तरीमा उपेन्द्र यादव, सर्लाहीमा महन्थ ठाकुर र चितवनमा नयाँ शक्तिका उम्मेदबारलाई जिताउन काँग्रेसले जुन भूमिका खेल्यो त्यो पनि काँग्रेसको लागि हारको कारण बनेको जिकिर गरे ।
कार्यक्रमका बक्ताहरुले पार्टीले दिएको दलित आरक्षणमा पहाडी दलितले मात्रै स्थान पाइरहेको बताए । उनीहरुले मधेशका दलितप्रति पार्टीले अझै विभेद गरिरहेको आरोप लगाउँदै मधेशी दलितलाई स्थान दिलाउन नेतृत्वले भूमिका खेल्नुपर्ने बताए ।
दलित समुदायको तर्फबाट सांसद भएका प्रकाश स्नेहीले दलितको सवालमा पार्टीलाई गम्भीर बन्नुपर्ने बताए ।
दलित संघका पूर्व सभापति एवं पूर्व स्वास्थ्य राज्यमन्त्री खड्ग बहादुर बस्यालले पहाडको भन्दा मधेशका दलित धेरै पछाडि परेको बताउँदै दलितभित्रको महिलाको अवस्था झन् कहालिलाग्दो भएको बताए । कार्यक्रममा बोल्दै बिभिन्न दलितका नेताहरुले पनि दलितलाई अगाडि ल्याउनुपर्नेमा जोड् दिएका थिए ।
यसअघि कार्यक्रमका प्रमुख अतिथीमा काँग्रेसका उप सभापति प्रकाशमान सिंहलाई तोकिएपनि उनी अन्तिम समयमा काठमाडौंबाट जहाज नउडेका कारण नेता यादव कार्यक्रमको प्रमुख अतिथि बन्न पुगे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ