News Category 2075/08/18
मधेशवादी दलका उम्मेदबारलाई जिताउन सहयोग गरेकाले पार्टीले हार व्यहो¥यो ः नेता यादव
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
नेपाली काँग्रेस निकट दलित संघले सोमबार मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी दिनमा फोरम र राजपालाई जनताले उखालेर फ्याँल्ने बताएका छन् ।
नेता यादवले निर्वाचनमा आफ्ना उम्मेदबारलाई पछि हटाएर मधेशवादी दलका उम्मेदबारलाई जिताउन सहयोग गरेकाले पार्टीले हार व्यहोरेको बताए । उनले सप्तरीमा उपेन्द्र यादव, सर्लाहीमा महन्थ ठाकुर र चितवनमा नयाँ शक्तिका उम्मेदबारलाई जिताउन काँग्रेसले जुन भूमिका खेल्यो त्यो पनि काँग्रेसको लागि हारको कारण बनेको जिकिर गरे ।
कार्यक्रमका बक्ताहरुले पार्टीले दिएको दलित आरक्षणमा पहाडी दलितले मात्रै स्थान पाइरहेको बताए । उनीहरुले मधेशका दलितप्रति पार्टीले अझै विभेद गरिरहेको आरोप लगाउँदै मधेशी दलितलाई स्थान दिलाउन नेतृत्वले भूमिका खेल्नुपर्ने बताए ।
दलित समुदायको तर्फबाट सांसद भएका प्रकाश स्नेहीले दलितको सवालमा पार्टीलाई गम्भीर बन्नुपर्ने बताए ।
दलित संघका पूर्व सभापति एवं पूर्व स्वास्थ्य राज्यमन्त्री खड्ग बहादुर बस्यालले पहाडको भन्दा मधेशका दलित धेरै पछाडि परेको बताउँदै दलितभित्रको महिलाको अवस्था झन् कहालिलाग्दो भएको बताए । कार्यक्रममा बोल्दै बिभिन्न दलितका नेताहरुले पनि दलितलाई अगाडि ल्याउनुपर्नेमा जोड् दिएका थिए ।
यसअघि कार्यक्रमका प्रमुख अतिथीमा काँग्रेसका उप सभापति प्रकाशमान सिंहलाई तोकिएपनि उनी अन्तिम समयमा काठमाडौंबाट जहाज नउडेका कारण नेता यादव कार्यक्रमको प्रमुख अतिथि बन्न पुगे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ