News Category 2075/08/18
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबारदेखी प्रदेश स्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
हिरोज स्पोटिङ क्लब बरमझियाको आयोजनामा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्रि नवलकिशोर साहले गरेका छन् ।
उद्घाटन पश्चात् सुरु भएको उद्घाटन खेलमा सिरहाले धनुषालाई हराउन सफल भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकर प्रणालीद्वारा खेलको छिनोफानो गरिएको थियो ।
सुरुको निर्धारित समयअवधीमा दुबै टिमले कुनै गोल गर्न सकेपछि र ५÷५ प्यानेल्टीमा समेत खेल बराबरी भएपछि थपिएको ३÷३ प्यानेल्टीमा सिरहा बिजयी भएको हो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले प्रदेश २ को खेलकुदको विकासका लागि आवश्यक भौतिक संरचना निर्माण तालिम र प्रतियोगिताहरु संचालन गर्न आवश्यक बजेटको व्यवस्था गर्न लागेको जानकारी दिए ।
पाँच वर्ष भित्र खेलकुदको भौतिक संरचनामा निर्माणमा उपलब्धि देखिने गरि काम हुने समेत मन्त्री साहले दाबी गर्दै यस्ता प्रतियोगिताले खेल क्षेत्रको मात्र विकास नभई खेलाडीको विकासमा समेत टेवा पुग्ने बताए ।
आयोजक समितिका अध्यक्ष बिजय कुमार चौधरीको अध्यक्षमा आयोजित उद्घाटन समारोहमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।
प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्ला टिमहरुको सहभागिता रहेको छ भने प्रतियोगितामा बिजेता हुने टिमले हिरो कप सहित १ लाख रुँपैया प्राप्त गर्नेछन् भने उपबिजेता टिमले ५० हजार रुँपैया नगद पुरस्कार पाउने छन् । प्रतियोगिता अन्तरगत मंगलबार बारा र कलैयाबीच खेल हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ