News Category 2075/08/18
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित

दैनिक समाचारदाता
काठमाडौँ, १७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गएको १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।
सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ । सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।
यसैबीच प्रदेश नं. २ को सदस्यहरुमा सप्तरीबाट गोबिन्द न्यौपाने, शैलेन्द्रचन्द्र झा, दिवाकर देवकोटा, जगदीश साह, हिरण्य गुप्ता, सुखराम यादव, दिनेश्वर प्रसाद यादव, महेश प्रसाद यादव, मानपुर चौधरी, रुवी कर्ण, छेदी रजक, देवनाथ यादव, असर्फि सदा, अरुण साह (अनिल), भागवत यादव, लालेन्द्र मण्डल, भरत महतो, मनाई महतो, अशरा चौधरी, मो. कलिम, मो. इस्लाम, गंगा चौधरी, इन्द्र नारायण चौधरी र कृष्ण कुमार गुप्ता रहेका छन् ।
प्रदेश २ मा साविकका नेकपा एमालेबाट १ सय ६ र साविकको माओवादी केन्द्रबाट १ सय ६ तथा पार्टी एकता पश्चात् ३ जना गरि २ सय १५ जनालाई समावेश गरिएको छ ।
यता महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको बुझिएको छ । नाम हटाउने र थप्ने काम गर्नुपर्ने भएकाले नेकपाले ढिलागरि विवरण सार्वजनिक गरेको हो ।
योसँगै अब नेकपाको प्रदेश एकीकरण टुंगिएको छ । नेकपाले गएको असोज ५ गते प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको थियो ।
अब पोलिटब्यूरो गठन, विभिन्न विभाग, जनवर्गीय संगठन तथा शुभेच्छुक संगठनहरुको एकता हुन बाँकी छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तीन महिनाभित्र सबै एकता सक्ने भनिएपनि त्यसले अझै पूर्णता पाएको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ