News Category 2075/08/18
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ मंसीर ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष मनोज कुमार मेहतालाई प्रहरीले लाखौं रुपैयाँ ठगी गरेको र जबरजस्ती गरेको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ निवासी मनोजकुमार मेहतालाई कारागारमा रहेका एक बन्दीलाई छुटाईदिने भन्दै उनकी पत्नीसँग जबरजस्ति करणी र लाखौं रुँपैया ठगि गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।
पुर्पक्षकालागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने भन्दै ठगी गरेको आरोपमा मेहतालाई आईतबार पक्राउ गरि मुद्दा समेत चलाईसकेको जानकारी दिँदै प्रहरी नायब उपरिक्षक रिमालले जबर्जस्तीकरणीका विषयमा भने अनुसन्धान जारी रहेको बताए ।
पतिलाई छुटाईदिने प्रलोभन देखाई पटक पटक गरी आफूबाट साँढे दस लाख रुपियाँ लिएको र जबरजस्ती करणी गरेको समेत उल्लेख गरिएको पीडित महिलाको दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिमालले बताए ।
यता राष्ट्रिय जनता पार्टी सप्तरीका अध्यक्ष मण्डलका सदस्य सुनील कुमार झाले मण्डलका बारेमा लगाईएको आरोपका विषयमा सत्यतथ्य अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक प्रतिशोधका लागि बलात्कारको आरोप लगाईएको हो वा साँच्चिकै बलात्कार गरेको हो भन्ने विषयमा सुक्ष्म अनुसन्धान होस् भन्ने आफूहरुको पनि धारणा रहेको बताए ।
यस बारेमा पार्टीले पनि आफ्नै स्तरबाट अनुसन्धान गर्ने भन्दै उनले दोषी ठहरे निलम्बन अथवा अन्य कारबाही समेत गर्ने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ