News Category 2075/08/19
काँग्रेसद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई २५÷२५ हजार
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
नेपाली काँग्रेस सप्तरीले मंसिर ७ गते तिर्थयात्री बस दुर्घटनामा परी ज्यान गुमाएका प्रति परिवारलाई २५÷२५ हजार रुपैया राहत प्रदान गरेको छ ।
बुधबार १३ आंै दिनको अवसर पारेर मृतक परिवारको गाउँ डाक्नेश्वरी नगरपालिकाको भुतहीमा पुगेर नेपाली काग्रेस सप्तरीले श्रद्घाञ्जली सभाको आयोजना गर्दै मृतक परिवारलाई सो राहत प्रदाना गरेको हो ।
आयोजित श्रद्धाञ्जली कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादवले घटना अत्यन्तै दुःखद रहेको भन्दै मृतक प्रति श्रद्घाञ्जलीका साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
सो अवसरमा काँग्रेस समर्थित निर्वाचित जनप्रतिनिधिहरुबाट संकलित सहयोग रकम सभापति यादवले मृतक परिवारलाई वितरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाका प्रमुख र उपप्रमुखको तर्फबाट २१ हजार, विष्णुपुर गाउँपालिकाका अध्यक्षबाट ३५ हजार, अग्निसाइर कृष्णाशवरण गाउँपालिका अध्यक्षबाट १६ हजार, रुपनी गाउँपालिकाका वडा अध्यक्षहरुबाट १५ हजार र सभासद मो. समिम र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुबाट सहयोग रकम जुटाएको जनाइएको छ ।
काँग्रेस महासमिति सदस्य नारायण यादवको सभापतित्वमा आयोजित कार्यक्रममा क्षेत्रिय सभापति रामप्रसाद मण्डल, भगवती यादव, लिलाम्बर यादव लगायतले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्घाञ्जली अर्पण गरेका थिए ।
मंसिर ७ गते सुनसरीको बराह क्षेत्रबाट तिर्थ गरि फर्किरहेको अवस्थामा जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका इनर्वास्थित पोखरीमा बस दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये ५ जनाको ज्यान गएको थियो भने ४८ जना घाईते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ