News Category 2075/08/19
काँग्रेसद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई २५÷२५ हजार
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
नेपाली काँग्रेस सप्तरीले मंसिर ७ गते तिर्थयात्री बस दुर्घटनामा परी ज्यान गुमाएका प्रति परिवारलाई २५÷२५ हजार रुपैया राहत प्रदान गरेको छ ।
बुधबार १३ आंै दिनको अवसर पारेर मृतक परिवारको गाउँ डाक्नेश्वरी नगरपालिकाको भुतहीमा पुगेर नेपाली काग्रेस सप्तरीले श्रद्घाञ्जली सभाको आयोजना गर्दै मृतक परिवारलाई सो राहत प्रदाना गरेको हो ।
आयोजित श्रद्धाञ्जली कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादवले घटना अत्यन्तै दुःखद रहेको भन्दै मृतक प्रति श्रद्घाञ्जलीका साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
सो अवसरमा काँग्रेस समर्थित निर्वाचित जनप्रतिनिधिहरुबाट संकलित सहयोग रकम सभापति यादवले मृतक परिवारलाई वितरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाका प्रमुख र उपप्रमुखको तर्फबाट २१ हजार, विष्णुपुर गाउँपालिकाका अध्यक्षबाट ३५ हजार, अग्निसाइर कृष्णाशवरण गाउँपालिका अध्यक्षबाट १६ हजार, रुपनी गाउँपालिकाका वडा अध्यक्षहरुबाट १५ हजार र सभासद मो. समिम र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुबाट सहयोग रकम जुटाएको जनाइएको छ ।
काँग्रेस महासमिति सदस्य नारायण यादवको सभापतित्वमा आयोजित कार्यक्रममा क्षेत्रिय सभापति रामप्रसाद मण्डल, भगवती यादव, लिलाम्बर यादव लगायतले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्घाञ्जली अर्पण गरेका थिए ।
मंसिर ७ गते सुनसरीको बराह क्षेत्रबाट तिर्थ गरि फर्किरहेको अवस्थामा जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका इनर्वास्थित पोखरीमा बस दुर्घटना हुँदा बसमा सवार यात्रुमध्ये ५ जनाको ज्यान गएको थियो भने ४८ जना घाईते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ