News Category 2075/08/19
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाँउपालिकामा एक गरिबको घर निर्माणमा सहयोग गरेर वुधवार विश्व स्वायमसेवक दिवस मनाइएको छ ।
महुली सामुदायिक विकास केन्द्र र ह्याविटेट फर ह्युमानिटी नेपालको सहयोगमा सो गाउँपालिका वडा नं. ४ प्रश्वनी निवासी शान्तीदेवी रामको घर बनाउने कार्यमा सप्तरीका संचारकर्मी तथा जनप्रतिनिधीहरुले सहयोग गरेका थिए ।
सोही गाउँपालिकामा बुधबार आयोजित एक कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा संचारकर्मीहरुले घर बनाउने कार्यमा सघाएर एउटा उदाहरणीय कार्यको सुरुवात भएको महुली सामुदायिक विका केन्द्रका अध्यक्ष प्रभु नारायण चौधरी बताए ।
उनले जिल्लास्थित अन्य गरिब, विपन्न जनताको घर निर्माणमा समेत स्वमसेवकहरुले सहयोग गरे उनीहरुको निर्माण कार्यमा लागत कम हुने र गरिबलाई सहयोग पुग्ने जिकिर गरे ।
सो कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गाउँपालिकाको विकासमा प्रमुख वाधक विवाद रहेको उल्लेख गर्दै नदीका कारण वस्ती कटान उच्च जोखिमा परेको समस्या हल गर्न योजना ल्याउदा पनि विवादका कारण थोरैकाम गरेर वजेट फ्रिज भएको वताए । उनले स्वयमसेवक दिवसले आफैमा सेवाको भाव जगाएर विकासको गतिलाई अगाडी वढाउन सकेमात्र कार्यक्रमले सार्थकता पाउने भन्दै विपदमा परेकाहरुको समुदायलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै वडा नं. ४ का अध्यक्ष तेज नारायण यादवले संस्थाद्धारा आफ्नो वडाका गरिव परिवारको घर निर्माणको थालानी गरेकोमा प्रशंसा व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
वडा नम्वर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीले ठूलो सङ्ख्यामा गरिव र विपन्न परिवार वसोवास गरेको गाउँपालिकामा गरिवी न्यूनिकरण गर्ने उद्देश्यका साथ संचालित सुरक्षित आवास कार्यक्रमलाई हरेक प्रकारले सहयोग गर्न प्रतिबद्धता गरे ।
ह्याविटेट फर ह्यूमानिटीका कार्यक्रम व्यावस्थापक संदिप पौडेलले कार्यक्रमको वारे प्रकाश पार्दै सुरक्षित आवास कार्यक्रमको महत्व र विशेष्तालाई उजागर गर्न यूवाहरुलाई नेतृत्वमा कार्यक्रममा आर्कषण गराउने उदेश्यले कार्यक्रम ल्याएको वताए ।
यस्तै नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले विश्व स्वयमसेवक दिवसको अवसरमा गरिवको सेवा गर्ने अवसर पाएकोमा खुशी व्याक्त गरे । घर वनाउन पाउदा सामजिक दायित्व पुरा गरेको आभास भएको यादवले वताए ।
महुली समुदायिक विकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले स्थानिय श्रोत साधन र शिप उपयोग गरी गरिव, असाय र विपन्न वर्गको आयस्तर उकास्दै गरिवी न्यूनिकरण गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रमा सुरक्षित आवास पासा समुह प्रशवनीका अध्यक्ष सोभा देवी सरदार, सचिव रन्जना कुमारी रामले आससोत खोलाले वस्ती जोखिममा परेकोले नदी नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन ।
सुरक्षित आवस कार्यक्रम अन्र्तगत सप्तरीको विभिन्न क्षेत्रका अग्नीपिडीत, वाढीपिडीत लगायतका प्रकृतिक विपदका कारण जोखिममा परेकाहरुको २ सय ५० वटा सुरक्षित र भरपर्दो वाँसका घर वनाएको ह्याविटेट फर ह्यूमानिटी नेपालका कार्यक्रम व्यावस्थापक पौडेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ