News Category 2075/08/19
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आगामी दिनमा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विवाद रहित बनाउन अहिलेदेखि नै तयारी र अभ्यासको रुपमा ठाउँठाउँमा पुगी कार्यशाला मार्फत आयोगले सुझाव र सल्लाह संकलनमा लागेको बताएका छन् ।
निर्वाचन आयोगद्वारा राजविराजमा बुधबार आयोजित “निर्वाचन विवाद निरुपण कार्य विधि तर्जुमा परामर्श कार्यशाला” मार्फत सो कुरा बताएका हुन् ।
सुरक्षा निकायका प्रमुख, निर्वाचनका बेला खटिएका अधिकारी, निर्वाचन पर्यवेक्षक, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी लगायतका सरोकारवालाहरुलाई सहभागी रहेको सो दुई दिने कार्यशालामा प्रमुख आयुक्त डा. यादवले निर्वाचनका बेला उत्पन्न हुने द्वन्द र विवाद न्युनिकरण गर्नुका साथै विवाद सामाधानका क्रममा निर्वाचन अधिकारीहरुद्वारा अपनाईने विधि र तरिकामा एक रुपता ल्याउने उद्देश्यले उचित सुझाव र सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले अव हुने निर्वाचनलाई कसरी थप स्वच्छ, मर्यादित र विवाद रहित बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको दुई दिने कार्यशालाबाट महत्वपूर्ण सुझाव प्राप्त हुने अपेक्षा राखेको जिकिर गर्दै निर्वाचन कानून बनाउन र परिमार्जन गर्न समेत कार्यशालाबाट ठुलो मदत पुग्ने विश्वास व्यक्त गरे ।
अनावश्यक खर्च खटाउन मतदान केन्द्रहरुमै मतगणना र ज्येष्ठ नागरिक तथा शारिरीक रुपमा असक्तहरुका लागी अनलाईन भोटिङ्गको व्यवस्थाका लागी समेत आयोगले स्वच्छ बनाउन अघि बढेको उनले जानकारी दिए ।
मुख्य न्यायाधिश तिल प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन आयोगका सचिव डेकेन्द्र राजशर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादव लगायतले निर्वाचनका बेला उत्पन्न हुने विवादहरु निरुपण गर्दा अपनाउनु पर्ने विधिबारे आ–आफनो सुझाव राखेका थिए ।
दुई दिन सम्म चल्ने कार्यशालामा विभिन्न समुह बनाई छलफल चलाईएको र त्यसबाट प्राप्त सझुाव संकलन गरी प्रतिवेदन सहित आयोगलाई बुझाईने तय भएको जिल्ला निर्वाचन अधिकारी यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ