News Category 2075/08/21
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
प्रदेश सभा सदस्य रुबी कुमारी कर्णले राजविराज ९ स्थित दलित विद्यार्थीको घर घर पुगी आवश्यक जानकारी लिएकी छिन ।
जिल्लामा भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सासद, मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालय सम्म नपुगि रहेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरुको अवस्था वुझन घर घर पुगेकी हुन ।
गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थनिय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले टिंकु मरीक, पूर्व शान्ती मन्त्री विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व शिचाई मन्त्री उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।
प्रदेश सभा सदस्य कर्ण विहीवार ती विद्यार्थीहरुको घर पुग्दा टिंकु मरिक विद्यालय जानुको सटा घरको काम काज गरिरहेका थिए भने सोही वस्तीका दुइजना बालक सडकमै खेलकुदमा रमाइ रहेका थिए । सो अवस्था देखेपछि सांसद कर्णले अभिभावकलाइ बोलाई सम्झाइ वुझाइ वालकहरुलाइ विघालय पठाउन लगाएकी थिइन ।
पढाईको खर्च सरकार र आफु समेत व्यहोर्ने भन्दै सांसद कर्णले उपस्थित दलितसमुदायका अभिभावकहरुलाइ आश्वत पार्दै पढाइका लागी खर्चको चिन्ता नलिन र सन्तानलाइ नियमित विद्यालय पठाउनु अनरोध गरिन् ।
उनले बालवालिकाहरुलाई शैक्षिक सामग्रीका साथै न्यानो लुगा, झुल, विस्कुट, चाउचाउ, लगायतका सामग्रीहरु समेत वितरण गरेकी थिइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ