News Category 2075/08/21
“काउन्सीलले मोफसलका पत्रकारहरुसँग विभेद गरिरहेको छ”
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
प्रेस काउन्सिल नेपालले आयोजना बिहीबार राजविराजमा पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ, सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रेस काउन्सीलले पत्रकारहरुसँग विभेद गरिरहेको आरोप लगाएका छन् । मोफसलका संचारमाध्यमहरुलाई काउन्सीले विभिन्न आचार सहिंता लगाए पनि ठूला मिडिया हाउसले उलंघन गरे पनि काउन्सील मुकदर्शक बन्ने गरेको वक्ताहरुको आरोप छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिल कुमार अनलले मोफसलका संचारमाध्यमहरुमा श्रमजिवि ऐन खारेज गर्नुपर्ने सुझाव दिँदै मोफसलका पत्रिकाहरुले जसोतसो पत्रकारिता संचालन गरिरहँदा काउन्सीलले उनीहरुको पत्रिका संचालनका लागि सरकारी विज्ञापन उपलब्ध गराउनेतर्फ कुनै ध्यान नदिएको आरोप लगाए ।
उनले भने, “ठूला मिडियाहरुले मात्र सरकारी विज्ञापन पाउने अनि उनीहरुले नै श्रमजिवि ऐनको अवज्ञा गरिरहँदा सम्बन्धित निकाय मौन बस्ने र मोफसलका संचारगृहलाई श्रमजिवि एने लागु गर्न दबाब दिने प्रबृतीप्रति काउन्सील गम्भिर बन्नु पर्छ ।” आफूखुशी ऐन र निर्देशिका बनाएर प्रेस काउन्सिलले मोफसलका पत्रकारलाई दुःख दिदैं पत्रकारिताको हत्या गर्न खोजेको उनले आरोप लगाउँदै मोफसलका पत्रकारितालाई मजबुत बनाउनुका साटो प्रेस काउन्सिलले दुःख दिन खोजेको बताए ।
यस्तै नागरिक समाजका थानसिंह भन्सालीले काठमाडौंका पत्रकारहरुलाई आचार संहित पालन गर्न काउन्सीलले दबाब दिनुपर्ने बताउँदै सप्तरीका पत्रकार आचार संहितको पूर्ण रुपले पालना गरिरहेको उल्लेख गरे । त्यस्तै रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले प्रदेश २ का पत्रकारहरुलाई प्रति भइरहेको विभेदलाई अन्त्य गर्न काउन्सीललाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै अधिकांस बक्ताले प्रेस काउन्सिलले लोक कल्याणकारी बिज्ञापनको दर बढाउनुपर्ने, मोफसलका पत्रिकाहरुलाई वर्गीकरणमा गरिने विभेदको अन्त्य गर्नुपर्ने माग गरेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा काउन्सिलका सदस्य गोबिन्द चौलागाई, संगीता खड्गाले मन्तव्य व्यक्त गरेका थिए भने काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले पत्रकार आचारसंहिताबारे प्रस्तुतीकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ