News Category 2075/08/22
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि जुडो र क्रिकेट खेलाडीहरुको छनौट गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजित जुडो खेलाडी छनौट प्रतियोगिताबाट १५ जना प्रदेश नं. २ बाट जुडो खेलाडीहरुलाई छनौट गरिएको हो ।
छनौट भएकाहरुमा ९ जना पुरुष र ६ जना महिला खेलाडीहरु रहेको छनौट समितिका नविनित कुमार झाले जानकारी दिएका छन् ।
छनौट भएका पुरुष खेलाडीहरुमा अमित कुमार राम, पंकज चौधरी, सन्तोष चौधरी, अनिल कुमार यादव, महेश कुमार यादव, राजेन्द्र प्रसाद यादव, सन्तोष कुमार चमन, आनन्द कुमार शर्मा र धरन्जय कुमार यादव रहेका छन् ।
त्यस्तै महिला खेलाडीहरुमा दिब्या ठाकुर, चाँदनी तिवारी, बन्दना चौधरी, अभिलेख चौधरी, स्नेहा ठाकुर र बबिता चौधरी रहेकी छिन् ।

यसैगरि जिल्ला खेलकुद बिकास समिति सप्तरीको आयोजनामा राजबिराजमा तीन दिन देखि संचालित छनोट प्रतियोगिताबाट महबुव आलमको कप्तानीमा १४ सदस्यीय सप्तरी सिनियर टिमको चयन गरिएको छ ।
आठौ राष्ट्रिय खेलकुदका लागि पुषमा हुने क्षेत्रिय स्तरिय क्रिकेट छनोट प्रतियोगिताको लागि सिनियर सप्तरी क्रिकेट टिम छनोट गरिएको खेलकुद बिकास समितिका सदस्य तथा छनोट समितिका संयोजक रबि कुमार रायले जानकारी दिए ।
छनोटमा परेका खेलाडीहरूमा महबुव आलम कप्तान, गुणान्नद राय, बिवेक यादब, रोहित सिँह, अनिल यादब, अमित कुमार यादब, रोहन बिक, राहुल मण्डल, बिकास दास, निरज यादब, प्रज्जवल यादब, योगराज शर्मा, आषिश झा, अमित कुमार दास रहेको छनोट समितिका सदस्य चन्दनकुमार यादबले जानकारी दिए ।
यस्तै छनोट समितिले बैकल्पिक खेलाडीहरूमा पप्पु कुमार यादब, गुमान्नद मण्डल, प्रशान्त सिँह र अभिनाष यादबलाई चयन गरेको छ ।
सप्तरी क्रिकेट सँघको संयोजनमा तथा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जिल्लाको ५५ जना सम्मलित क्रिकेट खेलाडीहरू मध्ये वाट १४ जना खेलाडी अभ्यास खेल खेलाई खेलाडी छनोट गरिएको हो ।
जिल्ला खेलकुद बिकास समिति सप्तरीले रबि रायको संयोजकत्वमा चन्दनकुमार यादब, शंभु दास र निरज कुमार सिँह सदस्य रहने गरि छनोट समिति चयन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ