News Category 2075/08/22

एक हजार दुई सय गाँजा बोट नष्ट

दैनिक समाचारदाता

एक हजार दुई सय गाँजा बोट नष्ट

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।  
    सुरक्षा वेश क्याम्प पथरगाढा सप्तरीले जिल्लाको रुपनी गाउँपालिका वडा नं. ३ स्थित हर्दिया कटैयाबाट शुक्रबार एक हजार २ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ । 
    सो वडाका ७५ घरधुरीबाट उक्त गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    त्यस्तै प्रहरी बिट राजदेवीले राजबिराज वडा नं. १ र २ बाट ४० गाँजाको बोटहरु फडान गरि स्थानियको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस