News Category 2075/08/22
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
नवीनकुमार गुप्ता
राजविराज, २१ मंसिर ।
नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीड भोग्नु परेको छ ।
नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।

सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।
उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् । तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो ।
च्यस्नागरिकतामा टाँसिएको फोटो बिग्रिएपछि उनी नागरिकताको प्रतिलिपी तथा फोटो परिवर्तन लिन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । नागरिकता फाँटका कर्मचारीहरुले सक्कल नागरिकताको प्रमाणपत्रमा प्रमाणपत्र नं. उल्लेख नभएको देखेपछि चकित परेका थिए ।

नं. नै उल्लेख नभएपछि अलमलमा परेका कर्मचारीहरुले उनलाई पुनः नयाँ प्रक्रियाबाट नागरिकता बनाउन र सम्पूर्ण प्रक्रिया पुरा गरेर आउन भनेको पीडित महिला अमरिकाले बताइन् ।
उनले नागरिकता टोलीमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफू अनावश्यक झन्झटमा परेको सुनाउँदै यसतर्फ सहयोग गरिदिन हुन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।
यसअघि नागरिकताको कुनै कामै नपरेकाले आफूले पनि नं. भए नभएको बारे खासै चासो नदिएको उनले बताईन् ।
यद्दपी सरकारी कार्यालयबाट भएको गम्भिर त्रृटीप्रति अमरिका देवी अनभिज्ञ हुँदा विगत १२ वर्षदेखी सोही नागरिकताको प्रतिलिपी विभिन्न रेमिट्यान्समा प्रयोग गर्दै आएकी थिइन् । छोरा बैदेशिक रोजगारका लागि विदेशमा रहेकोले रकम पठाउँदा उनले सोही नागरिकताको प्रतिलिपि प्रयोग गर्दा समेत ती निकायले प्रमाणपत्र नं. नभएकोप्रति कहिले जानकारी पाएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ