News Category 2075/08/22

अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान

दैनिक समाचारदाता

अग्निपीडित मंडललाई क्लबद्वारा राहत प्रदान

    राजविराज÷आगलागिका कारण कष्टकर जीवन विताईरहेको सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ७ मंसापुरको अग्नीपीडित परिवारलाई शनिबार धर्मी हल्फा विकास क्लब नामक संस्थाले राहत प्रदान गरेको छ । 
    स्थानिय बद्री मंडलको परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, लुगाफाटा, थाल, ग्लास, कराही, डेकची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्रीहरु प्रदान गरिएको संस्थाका अध्यक्ष एवम् समाजसेवी ई. सूर्य नारायण यादवले जनाकारी दिएका छन् । 
    मंसिर २० गते भएको आगलागिमा मंडलको ४ लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।
    राहत वितरणको अवसरमा तिलाठी कोईलाडी गाउपालिकाकी उपाध्यक्ष सुचिता यादव, वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सदस्यहरु कमला देवी मंडल र भौरी साह, वडा सचिव सन्तलाल मंडल, शिक्षा विकास तथा समन्वय कार्यालय सप्तरीका लेखा संयोजक बीरेन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय हनुमानगरको प्रहरी हवल्दार ध्रुव कटुवाल, समाजसेवी पवन गिरी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट