News Category 2075/08/22
आईडियलको मुनाफा एक करोड ७५ लाख
राजविराज÷आईडियल सहकारी संस्था लिमिटेड राजविराजले १ करोड ७५ लाख २६ हजार ६ सय मुनाफा गरेको जनाएको छ ।
संस्थाको शनिबार १९ औं साधारण सभा मनाउने क्रममा संचालक समितिका अध्यक्ष गणेश कुमार आसले सो जानकारी दिएका हुन् ।
यस्तै संस्थाले आप्mना धेयर धनीलाई १८ प्रतिशतका दरले लाभांस वितरण गर्ने घोषणा समेत गरेको छ ।
साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै अध्यक्ष आसले सहकारी ऐनको परिधि भित्र रही सम्पूर्ण शेयर सदस्यहरुलाई १८ प्रतिशका दरले लाभांस प्रदान गरिने बताए । लाभांस वापतको रकम पुस १ देखि सम्बन्धित सवै शेयर धनीको खातामा जम्मा हुने उनले जानकारी समेत दिए ।
सो प्रतिवेदनमा ४२ जना सदस्यले सुरु गरेको उक्त संस्थामा हाल ११ हजार ५ सय १२ जना सदस्य पुगेको उल्लेख छ ।
यस्तै संस्थाले गत आ.व.मा २ अर्ब ७७ करोड ३२ लाख ६६ हजार ६ सय ७२ रुपैया बचत संकलन तथा २ अर्व ५६ करोड ७६ लाख ८६ हजार बचत भुक्तानी गरेको संस्थाले कुल निक्षेप संकलन ५६ करोड १८ लाख ५७ हजार र ५० करोड २५ लाख ३४ हजार ऋण लगानी गरी १ करोड ४० लाख मुनाफा गरेको थियो ।
संस्थाले सप्तरी जिल्लाको झण्डै आधा भागमा आप्mनै कोषबाट ५० करोड २५ लाख ३४ हजार रुपैया ऋण लगानी गरेको जनाएको छ ।
संस्थाले कारोबार क्षेत्र विस्तार गर्ने क्रममा जिल्लाको डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा विस्तार गरिसकेको र यस वर्ष देखि एटिएम सेवा पनि सुचारु गर्ने तयारीमा लागेको अध्यक्ष आसले जानकारी दिए ।
साधारण सभामा संचालक सदस्य विजयानन्द झा, दिनेश साह, डम्बर प्रसाद महतो लगायतले पनि लेखा परिक्षण, लेखा प्रतिवेदन तथा संस्थाको भावी कार्यक्रम लगायतका गतिविधिहरुबारे जानकारी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ