News Category 2075/08/23

कोशी नदी किनारमा महिलाको शव फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी नदीको किनारमा आइतबार एक वेवारिसे महिलाको शव फेला परेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार करिब ६५ वर्षिया ती महिलाको नाम, थर, वतन खुल्न सकेको छैन् । 
    स्थानियहरुले आइतबार नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस