News Category 2075/08/23
फोरम राजपाबीच एकीकरणको प्रयास गरिने, फोमरले बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने
दैनिक समाचारदाता
काठमाडौं, २३ मंसिर ।
संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्नका लागि प्रयासका निम्ति दुबै पार्टीले लचकता अपनाएका छन् । केही विद्युतीय संचारमाध्मले फोरम नेपालले सो एकीकरणका लागि वार्ता समिति समेत गठन गरेको दाबी गरेको छ ।
फोरम अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नै अगुवाइमा राजपासंग वार्ता अह्वान गर्दै सो वार्ता कमिटी गठन गरेको जनाइएको छ ।
शनिबारदेखि राजधानीमा शुरु भएको फोरम केन्द्रीय समितिको बैठकले सो समिति गठन गरेको हो । यसअघि पनि राजपा नेपाल र फोरम नेपालको बीचमा एकीकरणका लागि पहिलादेखि छलफल हुँदै आएको ती संचारमाध्यमहरुले जनाएको छ ।
राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो र सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष यादवबीच यसअघि पनि कयौंपटक एकीकरणका लागि छलफल भइसकेको नागरिक न्यूजले जनाएको छ ।
दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरुको बीचमा पनि पटक पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक विवाद शुरु भएपछि अहिले वार्ता र छलफल हाल स्थगित रहेको छ ।
यसैबीच संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको सातौं बैठक सम्पन्न भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठक आइतबार सम्पन्न भएको हो ।
सम्पन्न बैठकले आगामी बैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने लगायत ४ बुँदे निर्णय गरेको छ ।
२०७५ साल माघ २८, २९ र ३० गते सम्पन्न गर्ने भनिएको प्रथम राष्ट्रिय एकता महाधिवेशनको लागि तयारी गर्ने समय अपुग भएकोले आगामी २०७६ वैशाख २८, २९ र ३० गते जनकपुरधाममा पार्टीको सो केन्द्रीय राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।
यस्तै राष्ट्रिय महाधिवेशनअघि प्रदेश र स्थानीय तहको अधिवेशन सम्पन्न गर्न सम्बन्धित प्रदेश, जिल्ला र कमिटिहरुलाई निर्देशन जारी गरिएको छ ।
बैठकले महाधिवेशन तयारी सन्दर्भमा सदस्यता नवीकरण २०७५ माघ २५ गतेसम्म गरिसक्नु पर्ने, तदर्थ समिति नबनिसकेका ठाउँहरूमा पुस १५ गतेसम्म बनाईसक्नु पर्नेछ, वडा, गाउँ, नगरपालिका, उपमहानगर र महानगरपालिकाहरूको अधिवेशन २०७५ फागुन २५ गतेसम्म सम्पन्नगरिसक्नु पर्ने तथा प्रदेशसभा, प्रतिनिधिसभा र जिल्ला समन्वय समितिरूको गठन २०७५ चैत्र ५ गतेसम्म र प्रदेश अधिवेशन २०७५ चैत्र २० गतेसम्म सम्पन्न गरिसक्ने साथै कृयाशील सदस्यता नवीकरण विवरण २०७५ फागुन १० गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने नवीकरण वापतको शुल्क पनि बुझाउन बैठकले निर्णय गरेको छ ।
पार्टीको नीति, कार्यक्रम, वर्तमान राजनीतिक सन्दर्भमा पार्टीको भूमिकालगायतका आवश्यक बिषयहरुमा प्रशिक्षणको आयोजना गर्ने निर्णय पनि भएको छ । उक्त प्रशिक्षण कार्यक्रम प्रदेश समितिकोे आयोजना र व्यवस्थापनमा हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ