News Category 2075/08/23
अपाङ्गता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीले ३२७ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरममा आइतबार अपांगता भएका व्यक्तिहरुलाई राहत सामाग्रि वितरण गरेको छ ।
सप्तरीको महदेवा गाउपालिका १ सोनरा गाउका अपांगता भएका व्यक्तिहरुलाई सहयोग स्वरुप सो सामाग्री वितरण गरेको हो ।
गाउँका ५ जना महिलालाई र ५ जना पुरुष गरि १० जनालाई संस्थाले थाल, ग्लास, बेडसिट, धोती (पुरुषलाई) र साडी (महिलालाई) वितरण गरेको क्लवका अध्यक्ष एबं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सोही अवसरमा अध्यक्ष यादवले अपांगता भएका व्यक्तिहरुलाई आमाबुबा, परिवार, समाज र स्थानिय सरकारले बिशेष ध्यान दिनु पर्ने अनुरोध समेत गरे ।
स्थानीय सोनरा राष्ट्रिय प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितको अध्यक्ष बासुदेव यादवको अध्यक्षता र महदेवा गाउपालिकाको अध्यक्ष दिपक कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथि सगरमाथा अपांग कल्याण संघ सप्तरीका सचिव बीरेन्द चौधरी, वडा अध्यक्ष जयश्वर दास, वडा सदस्य कमला देवी यादव, प्रहरी चोकी पकरीको प्रहरी सहायक निरीक्षक बिष्णु रोका, सेवा निवृत प्रहरी नायव उपरीक्षक उपेन्द्र प्रसाद मंडल, प्रेस काउन्सिलको पुर्व सदस्य देवराम यादव, सुकदेव यादव र प्रधानाध्यापक वसन्त कुमार चौधरीले अपांगता भएका व्यक्तिहरुको हकहित र अधिकारको लागि सम्बन्धित सबै सरोकारवालाहरुले सार्थक प्रयास र पहल गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ