News Category 2075/08/24
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले संघीय निजामति कर्मचारीहरुलाई प्रदेश तथा स्थानिय तहमा समायोजन गर्दा अपनाईने सिद्धान्त व्यवहार र मापदण्डकै आधारमा साविक स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत अध्यादेशमा संशोधन, परिमार्जन गर्ने व्यवस्थाको माँग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार विभिन्न माँगहरु तथा आन्दोलनका कार्यक्रम सम्मिलित ज्ञापनपत्र नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेश कुमार राजलाई बुझाएका छन् ।
बुझाइएको ज्ञापनपत्रमा स्थानिय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाईसर्वोच्च अदालतको आदेश समेतका आधारमा विशेष प्रतियोगिता मार्फत स्थायी गर्ने र सेवा अवधी गणनाका आधारमा हुने बृत्ति विकासको सुनिश्चितता गर्न माँग गरिएको छ । त्यस्तै काठमाडौं उपत्यका लगायतका स्थानिय तहमा फोहरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभूती नगरी नीजि क्षेत्रमा लैजान लागेको सो कार्य तत्काल रोकी सोही क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी गर्न माँग गरिएको छ ।
यसैगरि ज्ञापनपत्र मार्फत घोषणा गरिएको आन्दोलनका कार्यक्रम अनुसार मंसिर २३ गतेदेखी २९ सम्म प्रचार प्रसार, पुस १ गतेदेखी ६ गतेसम्म कार्यालयको दैनिक कामकाज यथावत राख्दै कर्मचारी भेला र आन्दोलनको औचित्य बारे जानकारी, बैठक, रणनीति तयार गर्ने, पुस ८ गते स्थानिय स्तरमा समायोजन अध्यादेश अगाडी राखेर १ मिनेट मौन धारण, ९ गते २ मिनेट, १० गते १५ मिनेट शंख फुक्ने कार्यक्रम, ११ गते २५ मिनेट, १२ गते कालो फेटा बाँधेर कामकाज तथा १३ गते कालो फेटा बाँधेर १० बजेदेखी १०ः१५ सम्म कलम बन्द गर्ने जनाइएको छ । त्यस्तै पुस १५ देखी २० गतेसम्म सोही आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै १७ गतेदेखी प्रत्येक दिन १÷१ घण्टा बढाएर २० गते कार्यलय समय ३ बजेसम्म कलम बन्द गर्ने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ