News Category 2075/08/24
वडा अध्यक्षलाई कारवाहीको माँग गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजविराज नगरपालिका ६ का वडा अध्यक्ष प्रेम कुमार यादवमाथी कारवाहीको माँग गर्दै सोमबार राजविराजमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघले प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
वडा अध्यक्ष यादवले हालै स्थानिय एक होटलमा केही व्यक्तिहरुसँग कुरा गर्दै महिलाहरु बारे अश्लिल र आपत्तिजनक अभिव्यक्ति दिएर अमर्यादित र गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै संघको अगुवाईमा निस्केको यूवा र महिलाको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष यादवले दिएको अभिव्यक्ति केही संचारमाध्यमहरुले प्रशारण गरिरहेको भिडियो र अन्य प्रमाणसहित प्रकाशन र प्रशारण हुन थालेपछि स्थानिय आन्दोलित भएका हुन् ।
संघकी नगर अध्यक्ष ललिता कर्णद्वारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्तिले यतिबेला सम्पूर्ण जनप्रतिनिधि र जिल्लावासीको शीर निहुरिएको तथा चेलीहरुको अपमान भएको उल्लेख गर्दै तत्काल उनलाई निलम्बन र उचित छानबिन गरि कारवाहीको माँग गरिएको छ ।
यसैगरि सोमबारै वडा अध्यक्ष यादवमाथी कारवाहीको माँग गर्दै नगरवासीको तर्फबाट यूवा र महिलाहरुको अर्को समूहले नगर प्रमुख शम्भुप्रसाद यादवलाई पनि ज्ञापनपत्र बुझाएको छ ।
शिवप्रसाद साह (शिवा) को नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्ति मानव तस्करी र यौन धन्दालाई प्रोत्साहन गर्नुका साथै पदीय मर्यादा विपरीत भएको भन्दै निजलाई सात दिनभित्र निलम्बन नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।
दुबै ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय मानवअधिकार आयोगलाई पनि दिइएको छ । यसअघि अघिल्लो दिन महिला मानवअधिकार संजालले पनि प्रेस विज्ञप्ति जारि गरि सम्पूर्ण महिलाको अपमान हुने गरि आएको वडा अध्यक्षको अभिव्यक्ति बारे आवश्यक छानबिन गरि दोषिमाथी कारवाहीको माँग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ