News Category 2075/08/24
वडा अध्यक्षलाई कारवाहीको माँग गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजविराज नगरपालिका ६ का वडा अध्यक्ष प्रेम कुमार यादवमाथी कारवाहीको माँग गर्दै सोमबार राजविराजमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघले प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
वडा अध्यक्ष यादवले हालै स्थानिय एक होटलमा केही व्यक्तिहरुसँग कुरा गर्दै महिलाहरु बारे अश्लिल र आपत्तिजनक अभिव्यक्ति दिएर अमर्यादित र गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै संघको अगुवाईमा निस्केको यूवा र महिलाको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष यादवले दिएको अभिव्यक्ति केही संचारमाध्यमहरुले प्रशारण गरिरहेको भिडियो र अन्य प्रमाणसहित प्रकाशन र प्रशारण हुन थालेपछि स्थानिय आन्दोलित भएका हुन् ।
संघकी नगर अध्यक्ष ललिता कर्णद्वारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्तिले यतिबेला सम्पूर्ण जनप्रतिनिधि र जिल्लावासीको शीर निहुरिएको तथा चेलीहरुको अपमान भएको उल्लेख गर्दै तत्काल उनलाई निलम्बन र उचित छानबिन गरि कारवाहीको माँग गरिएको छ ।
यसैगरि सोमबारै वडा अध्यक्ष यादवमाथी कारवाहीको माँग गर्दै नगरवासीको तर्फबाट यूवा र महिलाहरुको अर्को समूहले नगर प्रमुख शम्भुप्रसाद यादवलाई पनि ज्ञापनपत्र बुझाएको छ ।
शिवप्रसाद साह (शिवा) को नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष यादवको अभिव्यक्ति मानव तस्करी र यौन धन्दालाई प्रोत्साहन गर्नुका साथै पदीय मर्यादा विपरीत भएको भन्दै निजलाई सात दिनभित्र निलम्बन नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।
दुबै ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय मानवअधिकार आयोगलाई पनि दिइएको छ । यसअघि अघिल्लो दिन महिला मानवअधिकार संजालले पनि प्रेस विज्ञप्ति जारि गरि सम्पूर्ण महिलाको अपमान हुने गरि आएको वडा अध्यक्षको अभिव्यक्ति बारे आवश्यक छानबिन गरि दोषिमाथी कारवाहीको माँग गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ