News Category 2075/08/24
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै

सीताराम विवाह पञ्चमी महामहोत्सवका लागि भारतको अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ । जन्ती बनेर साधुसन्तको टोली सोमवार अपराह्न जनकपुरधामको जानकी मन्दिरमा आइपुगेको छ ।
प्रमुख जन्ती भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मंसिर २६ गते ११ बजे निजी विमानबाट आउँदैछन् भने औपचारिक जन्ती सोमवारै आइपुगेका छन् । घोडासहित २ वटा रथ र बाँकी आधा दर्जन घोडा र १ दर्जन जीपमा जन्ती आइपुगेका हुन् ।
जन्तीलाई नेपाल–भारतको सीमावर्ती नाका धनुषाको जटहीमै पुगेर जानकी मन्दिरको टोलीले स्वागत गरेको थियो । जन्ती नाकामा पुगेपछि स्थानीयबासीले समेत जन्तीलाई स्वागत गरेका थिए ।
जानकी मन्दिर पुगेका जन्तीलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवले मन्दिरको प्रवेश द्वारमा पुगेर स्वागत गरेका छन् ।
अयोध्याबाट राजा दशरथको रूपमा गुजरात डाकौर दाउजी मन्दिर तथा मुम्बईको मलाडस्थित हनुमान डेगरी तथा मंगल पीठाधिश्वर याग्यिक सम्राट वैदिक सनातन धर्म संरक्षक आचार्य माधवाजी आचार्य आइपुगेका छन् ।
गुरू वशिष्ठको भूमिकामा अखिल भारतीय श्रीपञ्च १३ भाई त्यागी महन्थ बृजमोहन दासजी महाराज आएका छन् ।
ऋषि विश्वामित्रको भूमिकामा वृन्दावन पानीघाटका महन्थ फुलडौल दासजी महाराज, ऋषि वामदेवको भूमिकामा जग्गनाथपूरी उडिसाको महामण्डलेश्वर स्वामी रामकृष्ण दासजी महाराज, भोपाल लालघाटी आश्रमका महामण्डलेश्वर चन्द्रमा दासजी महाराज २ दिनअघि नै आइसकेका छन् ।
धनुषाको नगराइन नगरपालिकास्थित जटही नाकामा भारतबाट आएका जन्तीलाई भव्य स्वागत गरिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता जटही नाका पुगेर भारतबाट आएका जन्ती तथा अतिथिलाई स्वागत गरेका छन् । भारतीय जन्तीलाई स्वागत गर्न जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास स्वयं जटही नाका पुगेका थिए ।
जटही नाकाबाट नगराइन नगरपालिकाको नगराइनस्थित विद्यालयमा भारतीय जन्ती तथा अतिथिलाई केहीबेर विश्राम गराइएको थियो । विश्रामकै क्रममा जन्तीका लागि नगराइन नगरपालिकाका तर्फबाट खाजाको व्यवस्थासमेत गरिएको थियो । भारतीय अतिथि नगराइन नगरपालिका पुगेपछि स्थानीयसमेत स्वागत सत्कारमा जुटेका थिए । यसअघि भारतको अयोध्याबाट महोत्तरी नाकाबाट जन्ती आउने गरेपनि यस वर्ष भने धनुषा नाकाबाट आएका हुन् ।
गाडी तथा घोडा चढेर पुगेका जन्ती तथा अन्य अतिथिको स्वागतका लागि नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको नेतृत्वमा प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव, सहित सयौंको संख्यामा नेता कार्यकर्ता तथा सर्वसाधारण जटही नाका पुगेका थिए ।
२ दिनअघि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने जन्ती तथा भारतीय अतिथिको स्वागतका साथै महोत्सव सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका थिए ।
तिलकोत्सव हुँदै
विवाहपञ्चमी अन्तर्गत सोमवार ‘तिलकोत्सव’ भइरहेको छ । जानकी मन्दिरबाट राम मन्दिरमा विभिन्न फलफूल, मिठाई, लुगाकपडा, खाद्यान्न वस्तु सहितको सामग्री सहितको ‘भार’ जानेछ । भार गएपछि तिलकोत्सव कार्यक्रम आयोजन गरिने छ । जानकी मन्दिरबाट महन्थ रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा जानेछन् ।
‘दुवै तर्फका साधुसन्तको उपस्थितिमा भगवान रामलाई टीकाटालो लगाएर तिलकाइने छ, अनि बिहेको साइत टुंगो लाग्नेछ,’ महन्थ रोशन दास वैष्णवले भने, ‘मिथिलामा अझै पनि बिहेको कुरा निश्चित हुनुभन्दा अगाडि दुलाहालाई तिल्काउने गरिन्छ ।’
तिलकोत्सवका बेला स्थानीय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारीसँगै ४ वटै सुरक्षा निकायका प्रमुख पनि दुलही पक्षबाट राम मन्दिर पुगेका हुन्छन् । तिलकोत्सवलाई मिथिलामा ‘छेका’ भन्ने गरिन्छ । छेका भयो भने बिहे टुंगिएको मानिन्छ । लोकान्तरबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ