News Category 2075/08/25

लागुऔषधसहित एक पक्राउ

दैनिक समाचारदाता

लागुऔषधसहित एक पक्राउ

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर । 
    राजबिराज नगरपालिका ३ कल्टुदास पोखरीबाट लागु औषधसहित एक जना ब्यक्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
    स ५ प ८२७९ नम्बरको मोटरसाईकलमा सवार सप्तरी राजबिराज नगरपालिका ८ बस्ने २७  बर्षीय संजय यादवलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जानकारी दिएका छन् ।  
    जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट फेनरागन ९० थान, डाईजिल्याव ९० थान, लिजेसिक ९० थान, डाईलेक्स कफसिरफ  २ थान लागु औषधहरु बरामद गरिएको छ ।
    पक्राउ परेका यादवलाई अनुसन्धानको लागि जिल्ल प्रहरी कार्यालयमा राखि अनुसन्धान थालिएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले बताए । 

प्रतिकृया दिनुहोस