News Category 2075/08/25
प्रदेश सरकारद्वारा तीन दलित विद्यार्थीलाई आर्थिक सहयोग प्रदान
दैनिक समाचारदाता
जनकपुर, २५ मंसिर ।
तीन दलित विद्यार्थीलाई प्रदेश नं २ सरकारले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत ती दलित विद्यार्थीहरुलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार तीनै जना विद्यार्थीलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गरेका छन् ।
प्रदेश सरकारको आर्थिक सहयोग पाउनेमा छिन्नमस्ता गाउँपालिका २ का दिनेश मरिक डोम, सर्लाही ईश्वरपुर नगरपालिका १ का रुकेशकुमार राम र प्रमोदकुमार राम रहेका छन् । दिनेश मरिक डोम समुदायबाट एमबीबीस पढ्ने पहिलो व्यक्ति हुन् भने रुकेशकुमार राम र प्रमोदकुमार राम दाजुभाइ हुन ।
छात्रवृत्तिमा नाम निकाली नेशनल मेडिकल कलेज वीरगञ्जमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
यसैबीच उपचार खर्चको आभावमा अपाङ्ग भएका महोत्तरी पिपराका शम्भु मिश्रलाई प्रदेश सरकारले उपचारका लागि रु ५० हजार उपलब्ध गराएको छ
सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फँुयालसहितको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ