News Category 2075/08/26
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बुधबार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार बिसाएका छन् । हतियार बिसाएसँगै मोर्चाका ११ जना केन्द्रिय सदस्य समेत सार्वजनिक भएका छन् ।
मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् ।
जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो. सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् ।

बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।
विगत लामो समयदेखी राजनीतिक मुद्दा लिएर तराईमा हतियारसहित संघर्षरत रहेका मोर्चाका संयोजक अविनाशले गोइत नेतृत्वको मोर्चामा आवद्ध १५ केन्द्रिय सदस्य मध्ये ११ केन्द्रिय सदस्य अलग भएर सरकारसँग वार्ता पश्चात् निसस्त्र र तराईका मुद्दाहरुबारे खुल्ला राजनीति गर्ने बताए ।
त्यस्तै सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पोण्डेले मोर्चासँग पहिलो वार्ता २०७५ साउन ५ गते लहान ६ बुँदे सहमति भएपश्चात् बुधबार सप्तरीमा उनीहरुले हतियार बुझाएर निशस्त्र राजनीतका लागि वातावरण बनेको जिकिर गरे ।

उनले मुलुकभरी विगतमा ४५ वटा सशस्त्र समूह रहेकोमा २२ वटासँग आनन्द ढुंगाना नेतृत्वको सरकारी वर्ता टोली वार्ता गरेर हतियार बुझाइसकेको जानकारी दिए । सरकारी वार्ता टोली संयोजक पोण्डेले हाल २५ वटा सशस्त्र समूह गतिविधमा सक्रिय रहेकोले अधिकांशसँग वार्ता भइसकेको बताए ।
सो अवसरमा सरकारी वार्ता टोलीका सदस्यहरु सुरेश आले मगर र ताराकान्त चौधरी, राष्ट्रिय सभा सदस्य समुनराज प्याकुरेल, प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्यौपाने, सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्रका प्रहरी उपरिक्षकलगायत अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ