News Category 2075/08/27
शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सेभ द चिल्ड्रेन को सहयोगमा तथा सबल नेपाल र सेभद सप्तरीद्वारा संचालित समुन्नती कार्यक्रमको जिल्ला कार्यक्रम सल्लाहकार समितिको बिहीबार बैठक तथा अनुगमन गरिएको छ ।
सो क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिद्यालयमा भौतिक पुर्वाधारको काम पूरा भएकोले अब बिद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षासँगै बिद्यालयमा तहगत शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड समेत दिए ।
सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा खडग नगरपालिकाको वडा नम्वर ३ पंसेरास्थित लक्ष्मी कृषक समुहले गरेको सामुहिक खेती, किसानहरूको मेहनत, लगानी, प्रतिफल तथा वालवालीकामा गरेको लगानी वारेमा जानकारी लिइएको छ ।
सो अनुगमनका क्रममा कृषक समुहका सदस्यहरूले पानी अभावका कारण उच्चा ठाँउमा तरकारी उत्पादन गर्न समस्या हुने गरेकोले पानीको उचित ब्यबस्थापनका लागि आग्रह गरेका थिए ।
यसैगरी अनुगमन टोलीका संयोजक यादबले खडग नगरपालिका ५ राप्रबि मेघबारीमा सेभ द चिल्ड्रेनको सहयोगमा कक्षा कोठा मर्मत सम्भार तथा हात धुने ब्यबस्थापन संचालन तथा बिद्यालय सरसफाई बारेमा स्थलगत अनुगमन गरेका छ भने बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई टिकाउन र सिकाई उपलब्धीलाई शतप्रतिशत सम्म पु¥याउन आग्रह गरेको छ ।
जिल्ला कार्यक्रम सल्लाहकार समितिले सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा सुरूङ्गा नगरपालिका ७ राप्रवि हरिपुरको बाल बिकास केन्द्र निर्माण, बसाई ब्यबस्थापन तथा सिकाई र खेल सामग्रीको प्रयोग, सुरूगांका १ राप्रावि चहका कोरैयाको बालविकास केन्द्र तथा कक्षा १ र २ को मर्मत सम्भार, वडा नम्वर २ भेडिया, ग्रामिण जनकल्याण सहकारी संस्थाको बाल अक्षय कोष रकमको परिचालन, श्रृण लगानी तथा असुली, तथ्यांक ब्यबस्थापन वारेमा जानकारी लिएको थियो ।
कास्सो क्रममा सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरी, उपप्रमुख बिन्दा पासवान, खड्ग नगरपालिका उपमेयर यासमिन सुल्तान, प्रशासकिय अधिकृत निरज कुमार देव, कार्यपालिका सदस्य जतरी देबी सरदार, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देब, गैसस सप्तरी अध्यक्ष शम्भुनन्द चौधरी, जिसस सल्लाहकार बिनोद यादब, सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, सेभ द चिल्ड्रेन सप्तरीका देबबिलास यादब, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब, सल्लाहकार श्रवण कुमार देब, सहसचिव चन्दनकुमार यादब, पत्रकार ललिता साहलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ