News Category 2075/08/27
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
डाक्नेश्वरी नगरपालिका निर्वाचित पदाधिकारी संरक्षण समिति पातोले प्रमुख र प्रशासकीय अधिकृतले योजना छनौटदेखी आर्थिक हिनामिना गरेको आरोप लगाएको छ ।
बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो समितिका संयोजक रामसुन्दर मण्डलले सो आरोप लगाउँदै २०७५ असोज २१ गते नगर सभाका ५५ जना सदस्य मध्ये ३८ जना सदस्यको हस्ताक्षरसहित विशेष सभा बोलाउन निवेदन दर्ता गरिएपनि हालसम्म त्यसतर्फ कुनै ध्यान नदिएकोप्रति आपत्ति जनाए ।
सोही पत्रकार सम्मेलनमा वडा नं. ८ का सदस्य मानविर रजकले प्रमुख शिवनारायण साह र प्रशासकिय अधिकृत मिलन दाहालले गाडी, कासको नियुक्ती, इन्धन, घर भाडामा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै लेखा समितिले बैंक स्टेटमेन्ट, तलब प्रतिवेदन लगायत अन्य आर्थिक कारोबारका कागजातहरु उपलब्ध नगराएको गुनासो गरे ।
यस्तै सदस्य रजकले २०७४÷७५ मा योजना संचालनको कार्य समेत पारदर्शी नगरेको तथा दोश्रो नगरसभामा समेत आय विवरण सार्वजनिक नगरेकोले अबको ८ दिनभित्र विशेष सभा नबोलाए बिरोधका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी समेत दिए ।
यसैगरि दलित, महिला प्रतिनिधिलाई प्रतिनिधित्वमा समेत काखापाखा लगाएको भन्दै योजना र अनुगमन गर्न पनि अधिकार नदिएको प्रति आक्रोस पोखे । उनले उपभोक्ता समिति र संचालित विभिन्न योजनाहरुमा समेत नातागोतालाई नै रहेको आरोप लगाउँदै नगरपालिकाको ऐन, कानुन, नियम बनाउँदा नगरसभाका सदस्यहरुसँग छलफल नगरेको जिकिर गरे ।
नगरसभाका केही सदस्यहरुसँग छलफल गरेर मात्र शिक्षा नियमावली बनाउन खोजेको भन्दै रजकले कार्यालय सहयोगि र अनमि नियक्तिमा समेत आफूखुसी नियुक्ति गर्नुका साथै मासिकालाई हटाएको कार्यप्रति असुन्तष्टि जनाए ।
सो पत्रकार सम्मेलनमा नगरसभाका सदस्यहरु मण्डल र रजकसहित धर्मदेव यादव, शुभनारायण यादव, लक्ष्मण रामलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ