News Category 2075/08/28

सय कार्टुन बढी मदिरा बरामद

दैनिक समाचारदाता

सय कार्टुन बढी मदिरा बरामद

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
    प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १ सय ८ कार्टुन मदिरा बरामद गरेको छ ।
    दिलवाले नामको १ सय ८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    रामपुर मल्हनिया प्रहरी चौकी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले उक्त मदिरा बरामद गरेको थियो । गस्ती टोलीलाई देख्नासाथ साइकल र मदिरा छाडेर मदिरा ओसार्ने व्यक्ति फरार भएका र बरामद मदिरा र साइकललाई भन्सार कार्यालय सप्तरीमा बुझाएको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस