News Category 2075/09/01
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश
राजविराज÷सवल नेपाल राजविराजको १३ औं साधारण सभाबाट सामाजिक, शैक्षिक, स्वास्थ्य र विभिन्न खाले विकृती विरुद्ध सचेतना मूलक लगायतका गतिविधिमा अझ सक्रिय रहने प्रतिबद्धतासहित शनिबार सम्पन्न भएको छ ।
“हाम्रो चाहना समृद्ध समाजको स्थापना” नाराका साथ सुरु भएको साधारणसभामा संस्थाका परमेश्वर झाले गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन तथा २०७५÷०७६ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
जस अनुसार २०७४÷०७५ मा सरसफाई प्रवद्र्धन, स्वच्छ खानेपानी, स्पन्सरसिप, बैदेशिक आप्रवासन, सम्भव परियोजना, सौर्य प्रवद्र्धन योजना, सरसफाई वजारीकरण, पहुँच परियोजना, बाढि प्रभावित पुनःस्थापना र स्मार्ट विद्यालय परियोजना लगायतका १० वटा परियोजनाहरु सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ ।
बार्षिक प्रतिवेदनमा आ.व.२०७४।७५ मा संचालित १० परियोजनाको ७ करोड १५ लाख १२ हजार १ सय ६३ रुपैया खर्च भएको तथा आर्थिक बर्ष २०७५।७६ को लागि १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट समेत पेश गरिएको थियो ।
सबल नेपालले यसै बर्षदेखि प्रदेश नं. २ का सिरहा, जनकपुर तथा महोतरी लगायतका फिल्ड कार्यालय बिस्तार गर्दै सामाजिक कार्य गर्ने जानकारी गर्दै राजबिराज नगरपालिकास्थित भगवति पोखरीमा भगवति आराधना, युवा लक्षित कार्यक्रम गर्दै जिल्लाको खेलकुद बिकासमा आवश्यक पहल गर्ने लगायतको कार्यक्रम पेश गरिएको ।
त्यस्तै संस्थाले आगामी वार्षिक कार्यक्रममा पूर्णसरसफाई कार्यक्रम, राजविराजलाई पयर्टकीय नगरको रुपमा विकास गर्न, भगवती आराधनाको आयोजना, युवा लक्षित कार्यक्रम, खेलकुद गतिविधिमा सहकार्य, प्रदेश २ मा फिल्ड कार्यालयको विस्तार, शुद्ध खानेपानीको सबैमा पहुँच, सामुदाय प्रहरी पहुँच परियोजना, सुरक्षित वैदेशीक रोजगारी लगायतका कार्यक्रम सञ्चालन गर्नै र यसका लागि १२ करोड ९४ लाख ३७ हजार बजेट तय गरेको जानकारी दिएको छ ।
कार्यक्रममा सबल नेपालले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको अनलाईन निवन्ध प्रतियोगिताका बिजेता मनोहर कुमार पोखरेललाई समेत नगद ५ हजार १ सहित सम्मान समेत गरेको थियो भने गैसस महासंघ नेपालको बरिष्ठ उपाध्यक्षमा मनोनित तथा गैसस महासंघ सप्तरीको अध्यक्षमा निर्वाचित शम्भुनन्द चौधरीलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा सबल नेपालका उत्कृष्ट ९ कर्मचारीलाई ट्रफी तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निरबहादुर आले, जितेन्द्र मण्डल, राधा चौधरी, अशोक कुमार साह, देवेश कुमार चौधरी, शुभ नारायण यादव, चन्दन यादव, रोशन मण्डल तथा नितु कर्ण रहेका थिए ।
संस्थाकी अध्यक्ष जुना गिरीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्य सम्पन्न सभामा राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, गैसस महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, हुकोडनका अध्यक्ष सुरेन्द्र यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झालगायतकाले शुभकामना दिएका थिए ।
कार्यक्रमको संचालन सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले गरेका थिए भने कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपककुमार झाले स्वागत मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ