News Category 2075/09/01
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
राजविराज÷अन्तर जातिय प्रेम विवाह गरेकी एक सुत्केरी महिलाकी पति वेपत्ता भएपछि अलपत्र परेकी छिन् ।
२०७४ साल पुस १ गते सो नगरपालिकाका २२ वर्षिय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्क समेत नगरेपछि अहिले उनी अलपत्र परेकी हुन् ।
मंसिर २२ गते लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा सल्यक्रियापछि उनले शिशु (छोरा) लाई जन्म दिएकी छिन् । तर, ती शिशुको अवस्था अहिले भने नाजुक छ ।
नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन्, तर आर्थिक अवस्था कमजोर भएकाले वाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी बताए ।
उनले शनिवार परिवार र छरछिमेक सहित संचारकर्मीहरुको भेला मार्फत छोरीलाई न्याय दिलाउन पहल गरि दिन आग्रह गरेका छन् ।
२०७४ साल पुस १ गते कोसी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका ४ वाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागि प्रेम विवाह गरेकी थिइन् ।
तिन महिना विभिन्न स्थानमा घुमाएर २०७४ साल चैत्र २ गते माइती मैं पु¥याएर केहि दिनमा लिन आउँछु भन्दै गएको पति हालसम्म फर्कि नआएको संगिताले सुनाइन । यता पतिका घरमा जाँदा सासु–ससुराले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको संगिताले गुनासो गरिन् ।
घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन् माइतीमा आयो भने तैले आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस भन्छन्, अब म कसरी बाँच्ने ? संगिताले पिडा पोखिन् ।
उनले पतिलाई सासु–ससुराले नै अर्को विवाह गराउने नियतले लुकाई राखेको आरोप पनि लगाएकी छिन् । नवजात शिशुलाई आफैले एक्लै पाल्न नसक्ने भन्दै उनले पनि न्यायका लागि पहल गरि दिन सबैसँग आग्रह गरेकी छिन् ।
जनचेतना दलित संगम नामक संस्थाले निकै पहल र प्रयास पनि गरेका छन् तर सफलता भने मिल्न सकेको छैन् । संस्थाका कार्यकारी निर्देशक गणेश प्रसाद रामले संगिताको अवस्था हेरेर सामाजिक दवाव देखि प्रहरी सम्म पुगेपनि सफलता मिल्न नसकेको बताए ।
यस्तै प्रहरीले पीडित संगिताको किटानी जाहेरीको आधारमा शिवदत्तको खोजी कार्य तिब्र बनाइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ