News Category 2075/09/01
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
राजविराज÷अन्तर जातिय प्रेम विवाह गरेकी एक सुत्केरी महिलाकी पति वेपत्ता भएपछि अलपत्र परेकी छिन् ।
२०७४ साल पुस १ गते सो नगरपालिकाका २२ वर्षिय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्क समेत नगरेपछि अहिले उनी अलपत्र परेकी हुन् ।
मंसिर २२ गते लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा सल्यक्रियापछि उनले शिशु (छोरा) लाई जन्म दिएकी छिन् । तर, ती शिशुको अवस्था अहिले भने नाजुक छ ।
नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन्, तर आर्थिक अवस्था कमजोर भएकाले वाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी बताए ।
उनले शनिवार परिवार र छरछिमेक सहित संचारकर्मीहरुको भेला मार्फत छोरीलाई न्याय दिलाउन पहल गरि दिन आग्रह गरेका छन् ।
२०७४ साल पुस १ गते कोसी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका ४ वाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागि प्रेम विवाह गरेकी थिइन् ।
तिन महिना विभिन्न स्थानमा घुमाएर २०७४ साल चैत्र २ गते माइती मैं पु¥याएर केहि दिनमा लिन आउँछु भन्दै गएको पति हालसम्म फर्कि नआएको संगिताले सुनाइन । यता पतिका घरमा जाँदा सासु–ससुराले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको संगिताले गुनासो गरिन् ।
घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन् माइतीमा आयो भने तैले आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस भन्छन्, अब म कसरी बाँच्ने ? संगिताले पिडा पोखिन् ।
उनले पतिलाई सासु–ससुराले नै अर्को विवाह गराउने नियतले लुकाई राखेको आरोप पनि लगाएकी छिन् । नवजात शिशुलाई आफैले एक्लै पाल्न नसक्ने भन्दै उनले पनि न्यायका लागि पहल गरि दिन सबैसँग आग्रह गरेकी छिन् ।
जनचेतना दलित संगम नामक संस्थाले निकै पहल र प्रयास पनि गरेका छन् तर सफलता भने मिल्न सकेको छैन् । संस्थाका कार्यकारी निर्देशक गणेश प्रसाद रामले संगिताको अवस्था हेरेर सामाजिक दवाव देखि प्रहरी सम्म पुगेपनि सफलता मिल्न नसकेको बताए ।
यस्तै प्रहरीले पीडित संगिताको किटानी जाहेरीको आधारमा शिवदत्तको खोजी कार्य तिब्र बनाइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ