News Category 2075/09/01
यसरी सुगर रोगले दिनप्रतिदिन ग्रसित बन्दछन् नेपाली
मधुमेहलाई सामान्य भाषमा चिनी रोग पनि भन्ने गरिन्छ । विश्वमा झन्डै ४५ करोड मानिस मधुमेह रोगबाट पीडित भएका विभिन्न अध्ययनले देखाएका छन् । मधुमेहका झन्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । विकासोन्मुख देशका जनता गरीबबाट धनी हुदै जादा हुने विलासी जीवन र खानपानका कारण नेपालजस्ता देशमा मधुमेहका रोगी निकै बढ्ने गरेका छन् ।
नेपालमा १० दशमलव ५ प्रतिशत पुरुष र ७ दशमलव ९ प्रतिशत महिलामा मधुमेह रहेको तथ्यांक छ । नेपालमा अहिले १० लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । अहिले ३० वर्षमाथिका युवायुवतीमा समेत मधुमेह देखिने गरेको छ । तथ्यांक अनुसार विश्वमा प्रत्येक सात मध्ये एक जना गर्भवती महिला मधुमेहको उच्च जोखिममा रहने गरेका छन् । त्यस्तै, मधुमेहको जोखिम शहरी क्षेत्रमा ८ प्रतिशत तथा ग्रामिण भेगमा एक प्रतिशत रहेकोमा मधुमेहमध्ये पनि टाइप २ मधुमेहको जोखिम १ दशमलव ४ प्रतिशतदेखि १९ प्रतिशतसम्म रहेको पाइएको छ ।
छिटोछिटो पिसाब लाग्ने, मुख सुख्खा हुने, छिटो तिर्खा लाग्ने, बढी भोक लाग्ने, तौल घट्ने, कमजोरी महसुस हुने, दृष्टि धमिलो हुने, घाउ चोटपटक निको हुन बढी समय लाग्ने लक्षण भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना हुन्छ । कम शारिरीक श्रम, फास्टफुड, चिल्लो गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण गाउँकालाई भन्दा सहरमा बस्ने मानिसलाई मधुमेह बढी हुने गरेको पाईएको छ । बेलैमा नियन्त्रण राख्न नसकेमा मधुमेहले आँखा, मुटु, मिर्गौला र नसाहरुमा नराम्रो असर पार्न सक्ने बरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. मीमी गिरीको भनाइ छ ।
मधुमेह दीर्घ रोग भएकाले यसबाट बच्न रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुपर्छ । यसको लागि सन्तुलित भोजनको आवश्यकता पर्छ । खानपान र आनीवानीमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । चिकित्सकहरुका अनुसार मधुमेहबाट बच्न लामो समससम्म भोकै नबस्ने, फलफूल, हरिया सागपात, काँक्रो, मूला, गाजर, विना चिनीको चिया खाने, गुलियो नखाने, चिल्लो पदार्थ नखाने, दैनिक व्यायाम र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्ने डा. गिरीको भनाइ छ । मधुमेह रोगको रोकथामका लागि व्यक्तिगत स्तर तथा सरकारी स्तरमा थुप्रै कामहरु गर्नु पर्ने अन्य चिकित्सकहरुले पनि बताउदै आएका छन् ।
उनिहरुले गर्भावस्थामा हुने मधुमेहको नियन्त्रणका लागि सरकारले प्रत्येक अस्पताल तथा प्रसुती गृहले एकजना मधुमेह विशेषज्ञको बन्दोबस्त गर्नुपर्ने, सरकारले चिनीयुक्त पेय पदार्थमा कर बढाउनुपर्ने, अस्पताल तथा विद्यालय स्तरमा जंकफुड तथा गुलियो पेय पदार्थमा रोक लगाउनु पर्ने, वायु प्रदुषणका कारण पनि मधुमेह हुने भएकोले यसको नियन्त्रणका लागि प्रदुषण कम गर्ने, पार्क तथा साइड पार्कको व्यवस्था गर्नु पर्ने, तेलको अनगमन गर्नुपर्ने बताउदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ