News Category 2075/09/02
आगलागिमा १० लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
सप्तरीको बोदे बसाईन नगरपालिका ७ बगबिरा टोलमा शनिबार राती भएको आगलागीबाट आधा दर्जन घर जलेर नष्ट भएको छ ।
स्थानिय गेनी दासको गाई गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगलागिका कारण १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागिले दासको २ घरका साथै छिमेकी कारी दासको २ घर, देबेन्द्र दासको १ घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेको प्रहरीले जनाएको छ ।
यस्तै आगो निभाउने क्रममा गेनी दासकी ४१ बर्षीया श्रीमति देबकुमारी दास घाईते भएको र उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनले जनाएको छ ।
आगलागीमा गेनी दासको गाई, भैसी, बाख्रा समेत ८ थान पशु चौपाया जलेर मरेका छन भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सम्पुर्ण समान जलेर नष्ट भएको पीडितहरुले बताएका छन । सो आगो एक घण्टाको प्रयासपछि प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ