News Category 2075/09/02

एक लाख तीस हजार मुल्य बराबरको मदिरा बरामद 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा लुकाई छिपाई राखी भारत तर्फ लैजाने क्रममा प्रहरीले मदिरा नियन्त्रणमा लिएको छ । 
    बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले सो गाउँपालिका ३ का राम सिंह र शिव नारायण साहको घरमा लुकाई छिपाई राखेको सो मदिरा नियन्त्रण लिएको हो । 
    झण्डै एक लाख ३० हजार मुल्य पर्ने गोल्डेन ओके, माम श्री र दिलवाले नामक ८५ कार्टुन मदिरा नियन्त्रणमा लिइएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 

प्रतिकृया दिनुहोस