News Category 2075/09/02
आगलागिमा पाँच घर नष्ट २६ पशुचौपाया जलेर मरे
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका १ बेल्हिमा सोमबार बिहान आगलागि हुँदा पाँच घर जल्नुका साथै २६ वटा पशु चौपाया जलेर मरेका छन् ।
स्थानिय बिजय कुमार रायको फुसको गोठ घरमा बालेको आगो सल्केर अन्य पाँच जनाको घर, गाईगोठ तथा २६ चौपाया जलेर मरेका हुन् ।
रायको फुसको एउटा फुसको घर, ३ वटा गाई, एउटा बाछा जलेर मरेको छन् । त्यस्तै छिमेकी नागेश्वर रायको एक फुसको घर, बब्लु रायको एक फुसको घर, बाख्रा १५ वटा, टायर गाडा एउटा, अजय कुमार रायको फुसको गोठ घर एउटा, बाख्रा ७ वटा, राम चन्द्र रायको फुसको गोठ घर एउटा र अहिल्या देवी रायको फुसको घर एकवटा जलेको प्रहरीले जनाएको छ ।
यस्तै सोही आगलागिमा लत्तकपडा, खाद्यान्न, फर्निचर लगायत समेत जलदेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी र स्थानिय बासिहरुको सहयोगमा आगोलाई बिहान ५ बजे मात्र नियन्त्रण लिइएको थियो ।
यसअघि सो गाउँपालिका वडा नं. ७ बभनगामामा शुक्रबार साँझ भएको आगलागिमा १० घर जलेर नष्ट हुँदा २० लाख बरारको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ