News Category 2075/09/02
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीका कारण सोमवार सप्तरीको सम्पूर्ण स्थानीय तहको कामकाज ठप्प भएको छ ।
कर्मचारीहरुले आन्दोलनका कार्यक्रम अनुसार सोमबार स्थानिय तहका कार्यालयहरुमा कामकाज बन्द गरेर कार्यालय परिसरमा धर्ना दिएका छन् । आन्दोलनका कारण सेवाग्राहीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
जिल्लाको १८ वटै स्थानीय तहका कार्यालयमा बिहान १० बजे कामकाज ठप्प पारी कर्मचारीहरु धर्नामा बसेका हुन् ।
अध्यादेश मार्फत ल्याएको ऐनले साविक स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास, प्रोत्साहन, र मनोवल घटाउने काम गरेको तथा लामो समयदेखि करार, अस्थायी र ज्यालादारीमा सेवारत कर्मचारीहरुको सेवा सुरक्षा प्रत्याभूति नगराएको भन्दै स्थानीय तहका कर्मचारीहरु देशव्यापी रुपमा आन्दोलित भएको आन्दोलन परिचालन समितिका सल्लाहकार उमेश कुमार यादवले बताए ।
माग पुरा नभएसम्म आन्दोलन जारीरहने उनको भनाई छ । आन्दोलन परिचालन समितिले ३ पुषमा दुई घण्टा कामकाज ठप्प, ४ पुषमा चार घण्टा कामकाज ठप्प र ५ पुषदेखि १० पुषसम्म लगातार पुरै कार्यालय समयसम्म कामकाज ठप्प पार्ने लगायतका पहिलो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिसकेका छन् ।
११ पुषमा विरोध सभा गरी दोश्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिने तयारी गरिएको आन्दोलन परिचालन समितिका सल्लाहकार यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ