News Category 2075/09/02
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराज नगरपालिका वडा नं. ५ लाई सोमबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले वृक्षारोपण तथा कार्यक्रमको ब्यानर पढेर सो वडालाई बाल विवाह मुक्त वडा घोषणा गरे ।
घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री साहले मधेशमा विकृतिको रुपमा देखापरेको बाल विवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराह्निय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताए ।
५ सय ६० घरधुरी भएको यस वडामा गत आर्थिक बर्षमा ३० वटा बिवाह भएको र २० वर्ष लागू भए यता नयाँ नियम अनुसार ५ वटा बालबिवाह मात्र भएको तथ्याङ्क अनुसार यस वडा बाल बिवाह मुक्त घोषणा गरिएको वडा अध्यक्ष समीर कुमार झाले बताए ।
वालबिवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष समिर ले २० बर्ष पूरा नगरी विवाह गर्नाले बच्चा र आमा को प्रजनन अंगको बिकास नभएकोले दुबै जान खतरामा पर्ने भएकोले कलिलो उमेर विवाह गर्न नहुने बताए ।
वालविवाह गर्नले वडा कार्यालयबाट पाउने सेवा सुबिधा नपाउने साथै त्यस परिवार कुनै पनि सदस्यहरूले बृद्व तथा समाजिक सुरक्षा भत्ता र शैक्षिक छात्रबृतिबाट बन्चित गर्ने बताए ।
“बाल विवाह, जिन्दगी तबाह” नाराका साथ सुरु भएको घोषणा सभामा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, प्रध्यानापक अरुण कुमार झा, सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायणलाल दास, वडा सदस्य पार्थाे सरकार, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रयाग यादब, युवा नेता लक्ष्मण यादब, सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक केदार साह, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, पबि माबि बाल क्लवका अध्यक्ष नेहा मिश्रा, बाल संजालका अनिषा ठाकुर लगायतले बालविवाह मुक्त वडा घोषणा सँगै यसको कार्यान्वयन र निरन्तरता दिनुपर्नेमा भन्दै शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ