News Category 2075/09/02

बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन

दैनिक समाचारदाता

बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पालेको बञ्चरो प्रहारबाट हत्या भएको छ । 
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ । 
    सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहले लागु औषध गाँजा सेवन गरि बन्चरोले घाँटीमा प्रहार गरेपछि गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् । यता गम्भिर घाइते मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार बिराटनगर लगिदै गर्दा मिश्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो घटनाको विरोधयमा तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीमा स्थानियहरुले प्रदर्शन गर्नुका साथै यातायात अवरोध गरेका छन् । हत्यामा संलग्न रहेकाहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै प्रदर्शन गरिएको हो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट