News Category 2075/09/04
कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिँदै
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
दुई दिनदेखी विभिन्न माँग राख्दै आन्दोलनमा उत्रेका स्थानिय तहका कर्मचारीहरुले मंगलबार दुई घण्टा आ–आफ्नो कार्यालय परिसरमै धर्ना बसेका छन् ।
संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीहरुले पुस ११ गतेसम्म पहिलो चरणका आन्दोलनकाका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।
जसकारण सम्पूर्ण स्थानीय तहको कामकाज दुई घण्टा ठप्प भएको छ । बिहान १० बजेदेखी १२ बजेसम्म कामकाज ठप्प पार्दै धर्नामा बसेका कर्मचारीका कारण सेवाग्राहीहरुले १२ बजेपछि मात्र कामकाज गराएका थिए ।
अध्यादेश मार्फत ल्याएको ऐनले साविक स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास, प्रोत्साहन, र मनोवल घटाउने काम गरेको तथा लामो समयदेखि करार, अस्थायी र ज्यालादारीमा सेवारत कर्मचारीहरुको सेवा सुरक्षा प्रत्याभूति नगराएको भन्दै स्थानीय तहका कर्मचारीहरु देशव्यापी रुपमा आन्दोलित भएका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार पुस ४ गते चार घण्टा कामकाज ठप्प र पुस ५ देखि १० सम्म लगातार पुरै कार्यालय समयसम्म कामकाज ठप्प पार्ने भएका छन् । यस्तै पुष ११ मा विरोध सभा गरी दोश्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिने आन्दोलन परिचालन समितिका सल्लाहकार उमेश यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ